सहकारी ठगीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै कांग्रेस

काठमाडौं:  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आज सडक प्रदर्शन गर्दै छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गरेको थियो । कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर सुरुमा उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न … Read more

प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ। प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको मत प्राप्त गरेका हुन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए। बैठकमा अन्य विपक्षी दलहरुलेसमेत आशनबाट उभिएर विरोध जनाएका थिए। सभामुख देवराज … Read more

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन्। नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ। वर्तमान सरकारमा … Read more

संघीय संसदका दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं। आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपरान्ह १: १५ बजेदेखि शुरु हुँदै छ। कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग राखेको विषयमा प्रमुख चार दलबीच सहमति भएकाले आजको संसदको वैठक बिना अवरोध चल्ने देखिएको छ। शनिबार अपरान्हदेखि … Read more

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले वर्तमान मन्त्रिपरिषदका सदस्यहरुले प्रधानमन्त्री कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको बताइन्। यस्तै सरकारले सदनको अवरोध हटाउनका लागि गम्भीर भएर लाग्न प्रतिपक्षी दललाई आग्रह पनि गरेको छ। प्रवक्ता शर्माले समस्या … Read more

सन्दीपको प्रतिक्रिया– म निर्दोष छु भन्दा पनि फसाइयो

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई धेरै तवरबाट फसाइएको बताएका छन्। उच्च अदालत पाटनले सफाइ दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको बताए। ‘सुरुदेखि म निर्दोष छु भनिरहेँ। साढे १ वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो। अपराधी करार … Read more

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौं। उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि आज सुनुवाइ हुने भएको हो । यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही … Read more

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन्। आज बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवसमा प्रधानमन्त्रीले सो कुरा बताएको उनको निजी सचिवालयले जनाएको छ । नेता लामालाई सम्झदै प्रधानमन्त्रीले भने, “निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो । मुख्यतः २०३३÷०३४ सालतिर … Read more

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

सर्लाही। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास … Read more

सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं। सरकारले एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले रु एक सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर नयाँ नक्सा राखेर डिजाइन परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको जानकारी दिइन्। बैठकले ६ जना राजपत्राङ्कित विशिष्ट … Read more