प्रधान सेनापतिद्वारा दर्ज्यानीचिन्ह प्रदान

प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति हुनुभएका पाँचजना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा बलाधिकृत, … Read more

सूर्योदय र सूर्यास्त सहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न पुनहिल पुग्ने कि !

सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुनहिल पछिल्लो समय पर्यटकीय आकर्षक स्थल बनेको छ । अन्नपूर्ण गाउँपालिका वडा ६ स्थित घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको … Read more

सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने

सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिए । ‘संविधान दिवस सामान्य रुपमा मनाउने तयारी छ’, उनले भने । संविधान दिवस यही असोज ३ गते हो । २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान सभाबाट बनेको … Read more

आन्तरिक राजस्व कार्यालयद्वारा करदाता सेवा सुरु

रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो पार्किङस्थलबाट सेवा प्रवाह सुरुआत गरेको छ । भदौ २४ गते भएको तोडफोड र आगजनीबाट कार्यालयमा क्षति पुगेको थियो । प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले कार्यालयबाट प्रवाह गरिने सेवा कार्यालयकोे पार्किङमा टेन्ट राखेर आइतबारदेखि थालनी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अत्यावश्यक सेवा सुरु गरेका छौँ, धेरै सेवा अनलाइन माध्यमबाट … Read more

पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको छ । नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि कात्तिक १० गतेसम्मका सहुलियत पसल सञ्चालन गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख कौशल घिमिरेले जानकारी दिनुुभयो । उहाँका अनुसार पोखराको विरौटास्थित प्रादेशिक कार्यालयमा बिहान १०ः०० देखि दिउँसो … Read more

निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित

जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ । निजामती सेवा दिवस २०८२ का आवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उहाँलाई प्रमाणपत्रसहित सो पुरस्कार अर्पण गर्नुभएको हो । सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, … Read more

कोशी प्रदेश : कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख सहायता वितरण

कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई रु आठ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/ ८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् । क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन … Read more

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण

कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण सुरू भएको सुक्खा बन्दरगाह निर्माणस्थलको नेकपा ९एमाले० का महासचिव शङ्कर पोखरेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरीक्षण गर्नुभएको छ । पश्चिम नेपालको व्यापारको लागि महत्वपूर्ण मानिएको सुक्खा बन्दरगाहको आज निरीक्षण गरिएको हो । भारतीय लगानीमा निर्माण हुन लागेको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको जिम्मा पाएको सिओएमटी कन्स्ट्रक्सन प्रालिले ‘साइट … Read more

स्थानीय शासन कार्यसम्पादनमा बागलुङ नगरपालिका अब्बल

बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा अब्बल बनेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा नगरपालिका उत्कृष्ठ बनेको हो । यसअघि स्थानीय तहको समग्र पक्षको मूल्याङ्कन प्रणाली (लिजा), स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली … Read more

१० महिने छोरीसहित आमा सामुदायिक वनमा मृत फेला

कैलालीमा १० महिनाकी छोरीसहित एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका-७ निवासी २१ वर्षीया आरती डंगौरा र उनकी १० महिने छोरी अनुजा टगौरा मृत अवस्थामा भेटिएका हुन् । साउन २९ गतेदेखि बेपत्ता भएकी आमा-छोरी आज नजिकैको गौरीशंकर सामुदायिक वनमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीको प्रारम्भिक … Read more