अर्घा दरबारमा ऐतिहासिक लाखे नाच

अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल अर्घा दरबार तथा अर्घाभगवती मन्दिरमा ऐतिहासिक लाखे नाच सम्पन्न भएको छ । श्रीकृष्णजन्माष्टमीका अवसरमा लिच्छिवीकालदेखि नै अर्घा दरबार तथा अर्घा भगवती मन्दिरमा पञ्चेबाजाको तालमा लाखे नाच प्रदर्शन गर्ने परम्परा छ । श्रीकृष्णजन्माष्टमीको दिन प्रहर, प्रहरमा भगवान् श्रीकृष्णको पूजाआजा र कालभैरवको पूजागरी कालभैरवको अगाडि लाखे नाच नाच्ने परम्परा रहेको अर्घा मन्दिर … Read more

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, आज रथयात्राको तयारी

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजाआराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले कतिपय भक्तजनले भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको पूजाआराधना गर्दछन् । यस … Read more

अन्तरराष्ट्रिय युवा दिवसः युवालाई रोजगारी र उद्यमशीलताको आवश्यकता

विश्वभर सााउन २७ गते (अगस्त १२) अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले यसरी बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने थालेको २० वर्ष पुग्न थाल्यो । … Read more

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले पछिल्लो चार महिनामा रु एक करोड ८२ लाख ९५ हजार ६५० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । गत फागुन १ गतेदेखि जेठ मसान्तसम्ममा सो रकम बराबरको विभिन्न थरिका अवैध समान बरामद भएको हो । नम्बर ११ हेडक्वाटका गणपति सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीले चार महिनामा … Read more

प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखसहित प्रमुखसचेतकहरुको बैठक

प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वर परिसरमा भएको बैठकमा प्रतिनिधिसभाको गतिरोध खुलाउने विषयमा छलफल भइरहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । सहमतिका लागि चरणबद्ध छलफल भइरहे पनि अहिलेसम्म सहमति जुटिनसकेको उहाँले बताउनुभयो । बैठकमा सभामुख घिमिरेसहित … Read more

युके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोपमा २ जना पक्राउ

वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा पक्राउ परेका हुन् । उनीहरुलाई दुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीरुलाई … Read more

शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते

आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा १५ जना घाइते भएका छन् । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ ।

वर्षाका कारण बाटो हिलो र चिप्लो भएपछि बुटवल–नारायणगढ सडक अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा … Read more

सीप सिकेर संरक्षणमा फर्किए सय युवा

चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछ्यौलीका प्रकाश चौधरी पर्यटकसँग निकुञ्ज प्रवेश गर्न थालेको नौ वर्ष हुन थाल्यो। ‘नेचर गाइड’ को सहयोगीका रूपमा प्रवेश गरे पनि उनीसँग पर्यटक घुमाउन अनुमति पत्र थिएन। दुई सातायता भने चौधरीले सहयोगीको भूमिका निर्वाह गर्नुपरेको छैन। उनले हिजोआज नेचर गाइडकै भूमिकामा पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज घुमाइरहेका छन्। ‘सन् २०१६ देखि पर्यटकसँग निकुञ्ज … Read more

नेपाललाई क्षेत्रीय आइटी हब बनाउन सकिन्छः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई क्षेत्रीय आइटी हबका रुपमा विकास गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सान्त्वना दिन नसक्ने राजा किन चाहियो भन्दै प्रश्न गरेका छन् । गत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा सहानुभूतिसमेत जनाउन नसक्ने राजा किन फर्काउन पर्यो भन्दै महामन्त्री … Read more