सान्त्वना दिन नसक्ने राजा किन चाहियो ?

पाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सान्त्वना दिन नसक्ने राजा किन चाहियो भन्दै प्रश्न गरेका छन् । गत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा सहानुभूतिसमेत जनाउन नसक्ने राजा किन फर्काउन पर्यो भन्दै महामन्त्री शर्माले यस्तो प्रश्न गरेका हुन् । प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै शर्माले भने, ‘आफूलाई पुनर्स्थापित गर्ने भन्दै आयोजित आमसभा हिंसात्मक … Read more

ईदका अवसरमा आज सार्वजनक बिदा

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।

हिमाल आरोहण अनुमति सुरु

यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् ।हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल … Read more

१५ प्रतिशतले बढ्यो नेपालको वैदेशिक व्यापार, ८ महिनामा साढे ११ खर्बको आयात

चालु आर्थिक वर्षको ८ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार १५.२९ प्रतिशतले वृद्धि भएको हो । विभागको तथ्यांकअनुसार फागुन मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब … Read more

शान्तिपूर्ण रुपमा एसइई परीक्षा जारी

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले रासससँग भने, “देशभरका केन्द्रमा शान्तिपूर्णरुपमा परीक्षा सञ्चालन भइरहेको छ, हालसम्म कुनै पनि केन्द्रमा समस्या आएको … Read more

संविधान र जनाधिकार रक्षामा लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ, फागुन १- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने बताउनुभएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालित सशस्त्र सङ्घर्षको ३० औँ वर्ष प्रवेशका सन्दर्भमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले संविधानको अग्रगामी … Read more

संसद् नै अवरोध हुने गरी रविबारे के बोलेका थिए रामहरिले ?

२९ माघ, काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । स्थगित हुनु अगाडि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा बोलेका थिए । प्रतिनिधिसभामा जब आकस्मिक र शून्य समय सकिएर विशेष समय सुरु हुन लाग्दै थियो तब खतिवडाले उठेर समय मागे । आफूले आकस्मिक समयमा बोल्नका लागि समय मागेको तर नपाएको बताए । … Read more

लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

काठमाडौं, मंसिर ८- मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता … Read more

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

झापा, मंसिर ८- सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका सशस्त्रले लागि नियमित गस्ती, चेकजाँच र तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्न थालेको हो । मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीबाट दक्षिणको गौरीगञ्जसम्म भारतसँग जोडिएको एक सय ४४ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरी … Read more

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौँ, मंसिर ५- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन थुनामै रहने भएका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।