धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ

८ माघ, काठमाडौं । धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्‍दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका थिए ।आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका छन् … Read more

वामदेव भोलि एमाले प्रवेश गर्दै

काठमाडौं, माघ ८- पार्टी एकता राष्ट्रिय अभियानका संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम भोलि एमालेमा फर्किने भएका छन् । आज बोलाइएको एमाले सचिवालय बैठकको एजेन्डामा गौतम र उनी नेतृत्वको घटकका नेताहरू व्यवस्थापनसम्बन्धी विषय समावेश छ । सचिवालय बैठकमा आफूहरुको व्यवस्थापनलाई अलग्गै एजेन्डा बनाएकोमा खुशी लागेको वामदेव गौतमले बताए ।

राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आव्हान

काठमाडौं, माघ ८- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।

एउटै पालिकाबाट रू छ करोडको अदुवा बिक्री

त्रिवेणी (रूकुम पश्चिम), माघ ८- रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो । यस वर्ष यहाँबाट करिब रू छ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिनुभयो । उहाँका … Read more

वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी

कञ्चनपुर, माघ ८- यहाँको शुक्लाफाँटा नगरपालिका–१० वडा कार्यालयको चारैतिर सजाइएका गमलामा फूल फूलेका छन् । हेर्दै आकर्षक देखिने कार्यालय परिसरमा बिहानै फूलबारी गोडमेल गर्दै, गमलाका फूलमा पानी हाल्दै गरेको अवस्थामा वडाध्यक्ष लालबहादुर ऐर भेटिनुहुन्छ । कार्यालयबाहेकको समय वडाध्यक्ष ऐरले फूलबारीको रेखदेखमा व्यस्त बन्नुहुन्छ । एक वर्षदेखि उहाँले फूल गोडमेल गर्ने, सिँचाइ गर्ने, बारी बनाउनेलगायत काम … Read more

सोह्रौँ राष्ट्रिय बालनाटकका लागि १४ नाटक छनोट

काठमाडौँ,माघ ८- सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट भएका छन् । उक्त प्रदर्शनीमा दर्ता भएका दुई दर्जन नाटकमध्येबाट महोत्सवमा अन्तिम मञ्चनका लागि १४ वटा छनोट भएका हुन् । प्रतियोगितामा सहभागी दुई दर्जन बढी नाटकमध्येबाट १४ वटा छनोट गरिएको बताउँदै महोत्सव संयोजक सविन न्यौपानेले दर्ता भएका … Read more

‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’

बरहथवा (सर्लाही), माघ ८- लालबन्दी नगरपालिका–१२ डप्कालीका देवराज पौडेल सानै उमेरमा परिवारलाई खुसी दिन वैदेशिक रोजगारी जानुभयो । खुसी दिन त टाढाको कुरा रोजगारीका क्रममा दुर्घटनामा परेर आधा शरीर नचल्ने भएर स्वदेश फर्किन बाध्य हुनुभयो । उहाँ विगत तीन वर्षदेखि ह्वीलचियरको सहारामा हुनुहुन्छ । घरका एकमात्र सहारा उहाँको दुर्घटनापछि परिवारको बिचल्ली भएको छ । २०७७ … Read more

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

लमजुङ,माघ ८- पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव छ टनले मह वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका सूचना अधिकारी सरोज थापाका अनुसार यस वर्ष १७ हजार एक सय ९७ वटा मौरीका घारबाट एक सय २९ दशमलव १७ टन मह उत्पादन भएको छ । … Read more

हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित

वीरगञ्ज (पर्सा), माघ ८- सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ । सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै आर्थिक वर्ष २०८०/८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु छ करोड ६८ लाख ५३ हजार मूल्य पर्ने भन्सार छलीका सामान बढी बरामद गरेको हो । … Read more

हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित

खजुरा (बाँके), माघ ८- बाक्लो हुस्सु लागेका कारण ‘भिजीबिलिटी’ कम हुँदा आज बिहानैदेखि नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ । बिहानैदेखि चलेको शीतलहर तथा हुस्सुका कारण ५० मिटरमात्र भिजीबिलिटी हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका ट्राफिक कन्ट्रोलर रिङ्की मल्लिकले बताउनुभयो । उहाँले हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी … Read more