राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधन विधेयक सरकारले नै रोकेको गुनासो

४ माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधन विधेयक सरकारले नै रोकेको गुनासो आयोगले गरेको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो गुनासो गरेका हुन् ।अध्यक्ष मगरका अनुसार आयोगको अन्तर्राष्ट्रिय श्रेणी घटुवासम्मको विषय आएको र आयोगका सिफारिस कार्यान्वयन लगायत समयानुकूल संशोधन गर्ने गरी विधेयक … Read more

भ्वाइस अफ नेपालको छैटौँ सिजन शुक्रबारदेखि सुरु हुँदै

काठमाडौँ, माघ ४- टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को एक्सक्लुसिभ प्रिमियर गरिएको छ । बानेश्वरस्थित आइएनआईको हल एनबी सेन्टरमा प्रिमियर गरिएको हो ।हिमालय टिभी एचडीबाट प्रसारण हुँदै आएको शोको छैटौं सिजन शुक्रबारदेखि सुरु हुँदैछ । प्रसारणको पूर्वसन्ध्यामा आयोजित प्रिमियर समारोहमा शोसम्बद्ध व्यक्तिहरू सहभागि रहे । प्रिमियरमा संचारकर्मीसँग कुरा गर्दै निर्देशक पौडेलले … Read more

राप्ती र नारायणी नदीमा तीन सय बाउन्न घडियाल गोही भेटिए

चितवन, माघ  ४ गते ।  राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले पुस १२ गतेदेखि १४ दिन लगाएर गरिएको … Read more

सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरू छलफलमा

काठमाडौं– संसदीय काम कारबाहीका सम्बन्धमा प्रमुख सचेतकहरूले सिंहदरबारमा छलफल गरेका छन् । छलफल नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको हो । संसद्को अधिवेशन नचलेका बेला प्रतिपक्षी र सत्ता पक्षका सचेतकहरूले सिंहदरबारमा छलफल गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी  दिए । बर्तौलाका अनुसार सचेतकहरूको बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमालेका बर्तौला, माओवादी केन्द्रका हितराज … Read more

जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

४ माघ, जनकपुरधाम । जनकपुरमा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका ५ बस्ने वर्ष ६० का सत्यनारायण साह छन् । आज बिहान जनकपुरधाम उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेका पैदल यात्री साहलाई ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । … Read more

प्रेमी ध्रुव गुरुङसँग आजै लगनगाँठो कस्दै गायिका मेलिना राई

काठमाडा, माघ ४- गायिका मेलिना राईले आज (शुक्रबार) विवाह गर्दैछिन् । उनले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गर्न लागेकी हुन् । उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा आयोजना गरिएको छ । दिउँसो १ बजेदेखि सुरु हुने विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी हुनेछन् ।इलामका ध्रुव पेशाले ब्रिटिस … Read more

दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

काठमाडौं, माघ ४- दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ । गत पुस २८ गतेको मूल्याङ्कन बमोजिम संस्थानले एक करोड दुई लाख ८७ हजार नौ सय २६ रुपैयाँ सम्पत्ति कर महानगरलाई तिरेको हो । महानगर-६ का सचिव केदार रिमालका अनुसार संस्थानले आर्थिक वर्ष २०४९/५० देखि आव २०८१/८२ सम्मको घरजग्गारसम्पत्ति कर … Read more

बैतडीमा वडाध्यक्षसहित २ दर्जन नेता-कार्यकर्ता एमाले प्रवेश

बैतडी, माघ ४- बैतडीमा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षसहित विभिन्न दलका करिब २ दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष प्रकाशमणि भट्ट, वडा सदस्य गणेश धामी, जनकराज जोशी, दीपक बहादुर धामी, भरतबहादुर भट्ट, खडकसिंह धामी एमालेमा प्रवेश गरेको एमाले बैतडीले जनाएको छ । यस्तै, सुन्दरसिंह धामी, नर ब … Read more

बाइडेनलाई मार्न ह्वाइट हाउसमा ट्रक आक्रमण गर्ने भारतीय नागरिकलाई ८ वर्ष जेल सजाय

काठमाडौँ, माघ ४- अमेरिकाको ह्वाइट हाउसमा आक्रमणको प्रयास गरेको अभियोगमा भारतीय नागरिक सासाई वर्शित कंडुलालाई बिहीबार ८ वर्षको जेल सजाय सुनाइएको छ। कंडुलाले २२ मे २०२३ मा भाडाको ट्रकले हमला गर्ने योजना बनाएका थिए। उनलाई मे १३, २०२४ मा अमेरिकी सम्पत्तिलाई जानाजानी नोक्सान गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। सोधपुछका क्रममा उनले राष्ट्रपति जो बाइडेनलाई … Read more

आज सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो,कति पुग्यो तोलाको ?

काठमाडौँ, माघ ४- नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ कायम छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो । शुक्रबार … Read more