आजदेखि यी फोनमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

काठमाडौं, पुस १७- आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएको छ । अब २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन । ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २० भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस (आइफोन)मा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गर्न लागेको … Read more

भारतीय पर्यटकले ठोरी खचाखच

वीरगञ्ज (पर्सा), पुस १७- ग्रेगोरी पात्रोअनुसार इस्वी वर्षको पहिलो महिनाको पहिलो दिन आज ठोरी भारतीय पर्यटकले खचाखच भरिएको छ । ठोरीमा छिमेकी मुलुक भारतका साथै स्वदेशी पर्यटकको आगमन बढेको छ । ठोरी जङ्गल रिसोर्टका सञ्चालक धिर सिंहले नयाँ वर्षका अवसरमा भारतीय पर्यटकले ठोरीका होटल खचाखच भरिएका बताउनुभयो । “भारतीय पहुनाको आगमन बढेसँगै हामीलाई भ्याइनभ्याई छ”, … Read more

स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री

वालिङ (स्याङ्जा), पुस १७- यस वर्ष स्याङ्जाबाट रु एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार … Read more

मकवानपुरमा गैंडाको आक्रमणबाट महिला घाइते

मकवानपुर, पुस १७- गैंडाको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्। मकवानपुरको मनहरी गाउँपालिका-६ लोथर खोला नजिकै रहेको लामेदमार मध्यवर्ती सामुदायिक वनमा गैंडाले एक महिलामाथि आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज (बुधबार) बिहान साढे ८ बजे चितवन राप्ती नगरपालिका-१ दुबिचौरकी ७० वर्षीया दिलमाया स्याङ्तानमाथि गैंडाले आक्रमण गरेको थियो । घाँस काट्न … Read more

पन्चैबाजा संरक्षणमा आमा समूह

ढोरपाटन (बागलुङ), पुस १७- परियार समुदायको पुख्र्यौली पेसाका रुपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा बिस्तारै पन्चैबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् । युवा शक्ति विदेश पलायन भएपछि सङ्कटमा पर्न थालेको पन्चैबाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ । … Read more

गृहिणी महिलालाई भत्ता दिनुपर्छ : हरिप्रभा खड्की

काठमाडौं– बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्कीले गृहिणी महिलालाई भत्ता दिनुपर्ने बताएकी छन् । मंगलबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गृहिणीको सशक्तीकरण विना सामाजिक रूपान्तरण नहुने बताएकी हुन् । उनले भनेकी छन्, ‘ मनमोहन अधिकारीले ज्येष्ठ नागरिकको सर्वोत्तम … Read more

कांग्रेसको उद्योग विभागमा दश सदस्य मनोनीत

काठमाडौँ, पुस १६- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गर्नुभएको छ । पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दश जनालाई आज उहाँले मनोनयन गर्नुभएको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खगेश्वर बोहरा … Read more

एउटै प्रधानमन्त्रीले पाँच वर्ष नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन हुनुपर्छः महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं समभाव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पाँच वर्ष संसद् मात्रै स्थिर रहने नभई प्रधानमन्त्री पनि पाँच वर्ष स्थिर रहने गरी संविधान संशोधन जरुरी रहेको बताए। उनले अबको मेलमिलापको बहस … Read more

पूर्व गृहमन्त्री लामिछानेको थुनछेक बहस सुरु

लेखनाथ, पुस १६ गते। सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहितका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसहितको मुद्दाको बहस न्यायाधीश नीतिज राईको इजलासमा जारी रहेको स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो। लामिछाने कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ। लामिछाने, … Read more

बाँकेमा मुस्लिम समुदायका १७ हजार बालबालिका विद्यालय बाहिर

नेपालगन्ज, पुस १६ गते।  मुस्लिम समुदायको ठुलो जनसंख्या रहेको बाँके जिल्लामा १७ हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ। मुस्लिम आयोगले सोमबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा ठूलो संख्यामा मुस्लिम बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेकाले उनीहरूको शिक्षा पाउने अधिकार सुनिश्चित गर्न मुस्लिम समुदायका अगुवाको भूमिका आवश्यक रहेको कुरामा जोड दिइएको छ। कार्यक्रममा तथ्यांक प्रस्तुत … Read more