मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान

खजुरा– बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुका कारण प्रभावित स्थानीयलाई सुरक्षित राख्न सचेतना अभियान प्रारम्भ भएको छ । बाँके राष्ट्रिय निकुञ्ज नजिकको राप्तीसोनारी गाउँपालिका– २ र बर्दिया राष्ट्रिय निकुञ्ज समीपको मधुवन नगरपालिका–२ मा सचेतना अभियान सञ्चालन प्रारम्भ भएको हो । समुदायका लागि सञ्चार अभिनय नेपालका कार्यकारी निर्देशक तुला अधिकारीका अनुसार अभियान १० महिनासम्म सञ्चालन हुनेछ । … Read more

विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट

काठमाडौँ, पुस १९- विश्वको सबैभन्दा प्रसिद्ध युट्युबर मिस्टर बिस्टले आफ्नी प्रेमिका थिया बोयसेनसँग इन्गेजमेन्ट गरेका छन्।उनले क्रिसमसको तस्बिर सेयर गरेका छन्, जसमा उनी आफ्नी प्रेमिकालाई घुँडा टेकेर प्रपोज गरिरहेको देखिन्छन्। २६ वर्षीय मिस्टर बिस्टको वास्तविक नाम जिमी डोनाल्डसन हो। ३४ करोड सब्सक्राइबर भएका उनी विश्वकै चर्चित युट्युबर हुन्। उनकी प्रेमिका थिया मूलतः दक्षिण अफ्रिकाकी हुन्। … Read more

भ्रष्टाचारमा अनुसन्धान गर्न सबै सहमत हुनुपर्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन्। पत्रकार महासंघले काठमाडौंमा शुक्रबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भ्रष्टाचारमा अनुसन्धान गर्न सबै सहमत हुनुपर्ने बताए।‘जहाँ भ्रष्टाचार भएको छ, समाजले मानेको छ, सदनमा प्रश्न उठेको छ, इमान्दारिताका साथ अनुसन्धानमा लाग्न जरूरी छ, सहमति त्यसको निम्ति … Read more

प्रचण्डलाई महेश बर्तौलाले भने- समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरु राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छनु । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरुको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको बताए । उनले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश संप्रेषण गर्न जरुरी रहेको बताए । … Read more

जय ट्रफी कपका लागि पुलिस क्लबको टिम घोषणा, आरिफलाई कप्तानको जिम्मेवारी

विभागीय टिम नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपका लागि टिम घोषणा गरेको छ । शुक्रबार विभागीय टिम पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । आरिफको कप्तानीमा घोषित टिममा कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ र दीलिप नाथ छन् । यसैगरी, श्रवण यादव, सुनिल दौलयान, … Read more

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै हिजो सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य … Read more

प्रचण्डको प्रश्न : भ्रष्टाचारविरुद्ध जसरी जानुपर्ने हो त्यसरी गइरहेका छौं त ?

१९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए । ‘जहाँ भ्रष्टाचार भएको, समाजले मानेको छ । गम्भीर ढंगले सदनमा प्रश्नहरू उठेका छन् … Read more

एमसीसीले छ अर्ब ८० करोड अतिरिक्त सहायता उपलब्ध गराउने

वासिंटन। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ। अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब बराबरको एमसीसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले आज जनाएको छ। “मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सञ्चालक … Read more

दम्पतीको नाक काट्ने नेकपा बहुमतका जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौं, पुस १९- दाङ घोराहीका एक दम्पतीको नाक काटिदिएको आरोपमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन्। घोराही उमहानगरपालिका–१५, बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतलाई गत मंसिर ६ गते घोराही–१५, ओमशान्ति टोलस्थित सडकमा हिँडिरहेको बेला नाकमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो। उक्त घटनापछि … Read more

भरतपुरको रामघाटमा अनियन्त्रित बलेरोको ठक्करबाट एक महिलाको मृत्यु

चितवन, पुस १९- भरतपुर महानगरपालिका–४ रामघाटमा अनियन्त्रित बलेरोको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएको छ । महिलालाई ठक्कर दिएर अघि बढेको बलेरोले उनको घरमा समेत क्षति पुर्‍याएको छ । बिहीवार बेलुका ६ः२० बजेको समयमा नारायणगढबाट शिवघाटतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ च १२४४ नम्बरको बलेरो अनियन्त्रित भई नजिकै उभिरहेकी स्थानीय ४५ वर्षीय नुरजहान खातुनलाई ठक्कर दिएको … Read more