आज छोनाम (न्वागी) मनाउँदै चेपाङ समुदाय

मुग्लिन:  चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । यसपटक गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा … Read more

सुडानमा बाढीका कारण सात लाखभन्दा बढी मानिस प्रभावितः राष्ट्रसंघ

जुबा। बाढीले दक्षिण सुडान र अबेई प्रशासनिक क्षेत्रका ७८ काउन्टीमध्ये ३० काउउन्टीमा करिब सात लाख १० हजारभन्दा बढी मानिसहरूलाई प्रभावित गरेको संयुक्त राष्ट्रसघीय राहतसम्बन्धी काम गर्ने संस्थाले बिहीबार जनाएको छ। मे महिनादेखि सुरु भएको भारी वर्षाका कारण आएको बाढीले गम्भीर खाद्यान्न असुरक्षा, आर्थिक गिरावटजस्ता गम्भीर मानवीय संकट निम्त्याएको छ। संस्थाले दक्षिण सुडानको राजधानी जुबामा जारी … Read more

आज हरितालिका तीज पर्व मनाइँदै

काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ। आजको दिन व्रतालुले शिव-पार्वतीको विशेष पूजा आराधना गर्दछन्। यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। वरदानविपरीत पिता हिमालयले पार्वतीको … Read more

नारीहरूको पर्व हरितालिका तीज आज धुमधामका साथ मनाइँदै

काठमाडौं , भदौ २१। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो … Read more

प्रधानमन्त्री अमेरिका जाँदै

२१ भदौ, काठमाडौं । मन्त्रिपरिषदले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत गरेको हो । एक मन्त्रीका अनुसार भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक लगायत छन् … Read more

बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता

२१ भदौ, बागलुङ । बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति बग्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाढीमा बगेर २० वर्षीय कमल सापकोटा बेपत्ता छन् । कुँडुलेदेखि … Read more

चेपाङ् बालबालिकासंग युनियनको दर

चितवनः नेपाल प्रेस युनियन चितवनले चेपाङ् बालबालिकालाई दर खुवाएको छ । हरितालिका तिजको अबसरमा युनियनले आज रत्ननगर नगरपालिका वडा नम्बर ११ मा रहेको गामबेशीको चेपाङ् संरक्षण केन्द्रमा रहेका १५० जना बालबालिकालाई लट्टे खुवाएको हो । हरेक चाडपर्बमा मासु भात मात्रै खाने गरेका यहाँका बालबालिकालाई यो परिकार नौलो मानेर खाएका थिए । यस केन्द्रमा ४८ जना … Read more

चेपाङ बालबालिकालाई लट्टे

चितवनः १४ वर्षिया नमिता चेपाङले पहिलो पटक लट्टेको स्वाद लिंदै गर्दा उहाँलाई यो परिकार नौलो लाग्यो । जिल्लाको पहाडी क्षेत्र सिद्धिबाट रत्ननगर ११ मा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा बसेर कक्षा ४ मा पढ्दै गर्नुभएकी चेपाङले यस अघिका पर्वमा मासु र भात मात्रै खाएको सुनाउनुभयो । अनदिको चामलबाट बनेको चाम्रो, गुलियो भात खाँदै गर्दा नमितालाई नौलो … Read more

बाल अस्पताल निर्माण अभियानप्रति प्रधानमन्त्री सन्तुष्ट

काठमाडौ । ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ ले बाल स्वास्थ्य क्षेत्रमा चलाएको अभियानप्रति प्रधानमन्त्री केपी शर्मा ओली सन्तुष्ट रहेको प्रधामन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सोमबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको समूहसँगको भेटपछि प्रधानमन्त्री ओलीले संस्थाको कार्यप्रति सन्तुष्टि प्रकट गरेका थिए। प्रधानमन्त्री ओलीले डा। भगवान् कोइरालासहितको समूहलाई भेटेर बाल अस्पताल अभियानको प्रगति विवरण लिएका थिए। … Read more

ओलीलाई प्रचण्डको जवाफ- जनताको ‘राउण्ड किक’ अब उनीहरूले देख्नेछन्

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका दलका नेताहरुले जनयुद्धको अवमूल्यन गर्न खोजेकाले भण्डाफोर गर्नुपर्ने बताएका छन्। बिहीबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित सहीद शेरमान कुँवर र मोहनचन्द्र गौतमको २० औं स्मृति दिवसमा प्रचण्डले जनयुद्ध वा सशस्त्र द्वन्द्वलाई संविधानले नै स्वीकार गरेको अवस्थामा सरकारमा रहेका दलका नेताहरुले हिंसा गर्ने दुष्साहस गरेको भन्दै … Read more