राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गर्नुभएको हो । सो अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । रासस

प्रचण्डले विप्लवलाई भनेः ‘यताउता नभौँतारिनुस्, एकतामा आउनुस्’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपा ९माओवादी०लाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् । बुधवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको बताए । उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमिक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरे। समाजवादी मोर्चाको समयदेखि … Read more

दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षणः धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिनुभएको छ । मुलुकको सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश दू्रतमार्ग निरीक्षणका क्रममा आज सडक निर्माण कार्यदल, कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उहाँले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिनुभयो । प्रधानमन्त्री … Read more

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भनेर परेको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । जसमा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन), सुनसरी १ का उम्मेदवार हर्क साम्पाङ र रुपन्देही २ का उम्मेदवार कमल भुसाल (निकोलस) र भक्तपुर २ का उम्मेदवार … Read more

पुराना दलका मतदाता आफ्नैतिर फर्के दबाबमा पर्न सक्छन् रेणु र सोविता

यसपटक चितवन–३ को निर्वाचन दुई हिसाबले रोचक छ — पहिलो, यो क्षेत्रमा दुई राजनीतिक दलका चर्चित महिला उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। भरतपुर महानगरपालिकामा दुई कार्यकाल मेयर बनेकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की ४९ वर्षीया रेणु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पहिलो पटकमै काठमाडौं–२ को प्रत्यक्ष चुनाव जितेकी २९ वर्षीया सोविता गौतमबीच मुख्य प्रतिस्पर्धा हुने … Read more

मेरो उम्मेदवारी नै सम्पुर्ण महिलाहरुको उम्मेदवारी हो : मिना खरेल

चितवन – नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएकी मिना खरेलले आफ्नो उम्मेदवारी नै सम्पुर्ण महिलाहरुको उम्मेदवारी भएको बताएकी छन् । उनले महिलाहरूको उत्साहजनक समर्थन, साथले आफ्नो जित भएको अनुभव गराएको बताईन् । मिना खरेल विगत करिब ३६ वर्षदेखि चितवनका ग्रामीण तथा शहरी क्षेत्रमा महिला तथा बालबालिकाको पक्षमा सामाजिक अभियन्ताका रूपमा सक्रिय रहदै … Read more

अण्डाको माग र मूल्य बढ्यो

प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै गर्दा जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु चार सय ९५ पुगेको छ । यसअघि प्रतिक्रेट रु चार सय … Read more

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाई गर्नुपर्ने केन्द्रले जनाएको छ । त्यसैगरी, कुल ११ हजार … Read more

राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश एवं विदेशमा रहनुभएका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।” … Read more

प्रतिनिधिसभा निर्वाचन काठमाडौः सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँमा मतदान स्थल ३२० र … Read more