कीर्तिपुर नगरपालिका उपनिर्वाचन : मतदाता रिझाउँदै उम्मेदवार

काठमाडौं। यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारहरु मतदाता रिझाउनमा व्यस्त छन्। कीर्तिपुर नगरपालिकामा नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागिसमेत उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतदानको ७२ घण्टा अगाडि अर्थात् मंसिर १३ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। त्यसैले यहाँ सबै … Read more

अर्थ लाइन नकाट्ने प्राधिकरण बोर्डको निर्णय

काठमाडौँ नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ । बुधवार दिउँसो बसेको बैठकले ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावलाई पारित गरेको हो । मंगलबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई लेखेको पत्रमा टेकेर ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने प्रस्ताव गरेका थिए । बोर्डका दुई सदस्य कपिल आचार्य र भक्तबहादुर पुनले भने फरक मत राखेका … Read more

डेडिकेटेड/ट्रंक लाइन विवाद : उद्योगको बिजुली नकाटेरै बक्यौता असुल्ने प्राधिकरण बोर्डको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादमा रहेका उद्योगको बिजुली नकाट्ने निर्णय गरेको छ।विद्युत् नियमन आयोगले उद्योगको लाइन नकाटी बक्यौता असुली गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएकोमा बोर्डले सोही अनुरुप निर्णय गरेको हो। बोर्डले गरेको उक्त निर्णयमा दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेको बताइएको छ।

भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा

चितवन, मंसिर १२- भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरुलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा।कृष्णप्रसाद पौडेलका अनुसार बाल रोग विभागमा भर्ना भएर उपचाररत बालबालिकालाई ‘बिरामी छु’ भन्ने कुरा बिर्साउन प्ले थेरापी शुरु गरिएको बताउनुभयो । उहाँले … Read more

नेशनल मेडिकल कलेज सम्मानित

काठमाडौँ । वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजलाई गत आर्थिक ०८०/०८१ मा मधेस प्रदेश मै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै प्रधानमन्त्रीबाट सम्मानपत्र प्रदान गरिएको छ ।मंगलबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा भएको ७ औँ सामाजिक सुरक्षा दिवस कार्यक्रमको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारीलाई सम्मानपत्र प्रदान गरिएको हो … Read more

बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित

काभ्रेपलाञ्चोक, मङ्सिर १२ गते ।  बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनर्निर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित बासस्थानको माग गरेका छन् । जाडोयाम सुरु भएसँगै सुरक्षित बास आवश्यक पर्ने भएकाले स्थानीय सरकारसँग बासस्थानको व्यवस्था गर्न बाढीपहिरो पीडितले माग गरेका हुन् । बेथानाचोक गाउँपालिका–३ का बाढीपहिरो प्रभावित स्थानीयले सोमबार सुरक्षित बासस्थानसहितको माग गर्दै … Read more

लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्छ : डिल्लीराम थारू

काठमाडौं –  मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ का अध्यक्ष डिल्लीराम थारूले लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडाले आयोजना गरेको एक दिने किशोरी सशक्तीकरणसम्बन्धी कार्यक्रममा उनले सुख, शान्ति र समृद्धिका लागि परिवारभित्रै हिंसा अन्त्य हुनुपर्ने कुरा औँल्याए । उनले भने, ‘हिंसा अन्त्य गर्न संस्कार र शिक्षाको आवश्यकता पर्छ ।’ त्यस्तै … Read more

नगरपालिकामा न्यून आय, कर्मचारी धेरै

टीकापुर, मङ्सिर १२ गते । टीकापुर नगरपालिकाले गराएको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्भेक्षणमा अस्वभाविक रुपमा कर्मचारी प्रस्ताव गरिएको छ । इन्भाइरोन्मेन्ट एण्ड इन्जिनियरिङ रिसर्च सेन्टरंले बुझाएको प्रतिवेदनमा ५०४ जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको छ । प्रतिवेदनअनुसार टीकापुर नगरपालिकामा १८ शाखा, ३२ उपशाखा, १२ वडा, १३ स्वास्थ्य केन्द्र, १ नगर अस्पताल, १ आयुर्वेद औषधालयलगायतका संरचना प्रस्ताव … Read more

रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री

काठमाडौँ,मंसिर १२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीलाई परियारले मङ्गलवार बिहान सिंहदरबारमा भेटेका हुन् । ‘सन्तोषजीले मङ्गलवार बिहान सिंहदरबार आएर प्रधानमन्त्रीज्यूलाई भेट्नुभएको हो । भेटमा के कुराकानी भयो भन्ने जानकारी भएन’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘निजी काम हो वा पार्टीगत भन्ने उहाँलाई नै सोध्नुहोला … Read more

नवनियुक्त सेबोन अध्यक्षसामू चुनौतीका चाङ

काठमाडौं । एक वर्ष लामो रस्साकस्सीपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अध्यक्ष पाएको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सन्तोष नारायण श्रेष्ठलाई सेबोन अध्यक्षमा नियुक्त गरेसँगै धितोपत्र बोर्डले अध्यक्ष पाएको हो। नवनियुक्त अध्यक्ष मंगलबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ पनि दिइसकेका छन्। गत वर्ष पुस २० गते बोर्ड अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएसँगै उक्त पद रिक्त … Read more