बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

काठमाडौं । पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ। आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार आठ सय ३० कायम भएको छ ।

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

पर्वत, मंसिर १२- स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन करोड आम्दानी गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल हुनुभएको हो । एक्काइस वर्ष लामो प्रहरी सेवा र … Read more

गुल्मीमा धान उत्पादन वृद्धि

गुल्मी– गुल्मीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि धानखेती गरिएको क्षेत्रफल भने यो वर्ष घटेको छ … Read more

इरजायल र हिजबुल्लाहबीच युद्धबिराममा नेपाली सेनाको भूमिका के हुन्छ ?

काठमाडौं। इजरायल र लेबनानबीच युद्धबिराम सम्झौता भएको छ। तत्कालका लागि ६० दिनसम्म चल्नेगरी गरिएको यो शान्ति सम्झौतालाई दीर्घकालीन शान्ति सम्झौतामा परिणत गर्नेगरी काम अगाडि बढाइने मध्यस्थकर्ता देशहरुले बताएका छन्। यो शान्ति मिशनमा नेपाली सेनाको पनि महत्वपूर्ण भूमिका रहनेछ। यसअघि २००६ मा इजरायल र हिजबुल्लाहबीच ठूलो युद्ध भएपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले प्रस्ताव १७०१ पारित गरेको … Read more

पूर्वराजा शाह आगामी साता नेपालगन्ज भ्रमणमा जाने

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्किने भएका छन्। गत साता लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा रुपन्देही पुगेका शाह आगामी साता नेपालगञ्ज भ्रमणमा जान लागेका हुन् ।पूर्वराजा शाहका संवाद सचिव फणीराज पाठकले आज बिहान एक विज्ञप्ति जारी गर्दै आगामी साता उनी नेपालगन्ज जाने निश्चित भएको जानकारी गराए। पूर्वराजा शाहको साथमा उनकी पत्नी कोमल शाहसमेत रहने छिन् … Read more

विजयले सुरु गरे ‘लाज शरणम्’ को छायांकन

काठमाडौँ-  सुपरहिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का मुख्य कलाकार विजय बरालले ‘लाज शरणम्’ को छायांकन सुरु गरेका छन्। उनी ‘लाज शरणम’ मा देखिनेछन्। अभिनेता बरालले काठमाडौँको माइतीघरस्थित खाद्य गोदामबाट सुटिङ सुरु गरेका हुन्।  टिमले उनको भूमिकाबारे खुलाएको छैन्। ‘पूर्ण बहादुरकाे सारङ्गी’ हलमा प्रदर्शन भइरहेकाे छ। ‘लाज शरणम’ काे टिम दसैँ अघि डोल्पामा छायांकन सकेर केहि दिनदेखि … Read more

प्राधिकरण बोर्डले निर्णय नगरेसम्म उद्योगका लाइन नकाटिने

काठमाडौं– ट्रङ्क तथा डेडिकेटेड बापतको महसुल बक्यौता नबुझाउने उद्योगमा आज लाइन नकाटिने भएको छ । महसुल बक्यौता उठाउने यसअघि नेपाल विद्युत प्राधिकरणले दिएको १५ दिनको म्याद आज सकिँदै छ ।तर, उद्योगीहरूले महसुल बक्यौता अझैसम्म पनि नतिरेको प्राधिकरणको दाबी छ। १५ दिनको म्यादभित्र सम्पूर्ण महसुल बक्यौता उठाउन मन्त्रिपरिषद्ले नै निर्णय गरेपछि प्राधिकरणले त्यसअनुसार उद्योगमा महसुलबापतको बिल … Read more

इजरायल र हिजबुल्लाहबीच युद्धबिराम सुरु, शर्तहरू कस्ता छन् र यो कति दिगो होला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविराम सम्झौताको घोषणा गरेका छन् । यससँगै इजरायल र हिजबुल्लाहबीच विगत १३ महिनादेखि चलिरहेको युद्ध रोकिनेछ । अमेरिका र फ्रान्सको संयुक्त विज्ञप्तिमा भनिएअनुसार यो सम्झौताले लेबनानमा चलिरहेको युद्धलाई रोक्नेछ र ‘इजरायलमा हिजबुल्लाह र अन्य आतंकवादी संगठनहरूद्वारा आक्रमणको खतरा’ लाई टार्नेछ । अमेरिकी … Read more

चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द

पर्वत। चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्‍याफ्टिङ (जलयात्रा) बन्द भएको छ। वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको हो। आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा पूरा गरेसँगै यस वर्षको जलयात्रा बन्द गरिएको रिभर एक्सप्लोरर नेपालका सञ्चालक होम पुनले जानकारी दिए। पहिलो याममा सेप्टेम्बरमध्यदेखि नोभेम्बर अन्तिम सातासम्म सञ्चालन गरिएको हो। विगतका वर्षभन्दा … Read more

सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन्। सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताए । “अब कसैले अनाथ भएँ भन्नु पर्दैन, अनाथ भएर मैले अभिभावकत्व पाइनँ … Read more