नाकामा तालिम प्राप्त कुकुर परिचालन

वेदकोट (कञ्चनपुर) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार जिल्लाभर आठ सय १५ सुरक्षाकर्मी परिचालन गरिएका छन् । “जनशक्ति थप गरेर सुरक्षा जाँचमा कडाइ गरिएको छ,” प्रहरी उपरीक्षक जोशीले भन्नुभयो, “चाडबाडमा शान्ति, सुरक्षा कायम गर्न योजनाबद्ध तयारी गरेका छौँ ।” भारतसँग सीमा जोडिएको गड्डाचौकी नाकामा … Read more

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए । रासस

क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने

काठमाडौँ सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भन्नुभयो, “कतै धेरै क्षति भएको छभने कतै थोरै । क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ ।” मन्त्री गुरुङले सङ्कटग्रस्त ४९ … Read more

राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट

काठमाडौँ राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि रुसी महासंघका राजदूतअलेक्सेई नोभिकोभ ले शिष्टाचार भेट गरेका छन्।राजदूत नोभिकोभले मंगलबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्।भेटमा दुई देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदान प्रदान लगायतका विषयमा कुराकानीभएको थियो। भेटमा अध्यक्ष दाहाललेनेपाल(रुस सम्बन्ध विगतदेखि नै सुमधुर रहेको भन्दै जनस्तरको सम्बन्धले दुई देशको … Read more

हर्क सांपाङको संघीय सरकारलाई पत्रः फोहोरको फोटो खिचेर राजनीति गरे, पैसा चाहियो

काठमाडौँ धनरान उपमहानगर पालिकाले फोहोर व्यवस्थापनका लागि हारगुहार गरेको छ। धरान उपमहानगर पालिकाका प्रमुख हर्कराज राई (हर्क सांपाङ)ले खानेपानी मन्त्री प्रदिप यादवलाई पत्राचार गर्दै फोहोर व्यवस्थानाका लागि सहयोग गरिदिन आग्रह गरेका हुन्। बोलिचालीको भाषामा लेखिएको पत्रमा जंगलमा फोहार फाल्दा प्रदूषण बढेको र फोटो खिचेर राजनीति गरेको भन्दै व्यवस्थापनका लागि पैसा पठाइदिन आग्रह गरेका छन्। ‘योजनाको … Read more

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री

काठमाडौँ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार श्रमिकको हकहितको रक्षा गर्दै असल औद्योगिक श्रम सम्बन्धमार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न क्रियाशील रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६औँ क्षेत्रीय परिषद्को आज यहाँ उद्घाटन गर्दै उहाँले समयानुकूल श्रमिकको न्यूनतम पारिश्रमिक समायोजन गर्ने नीति कार्यान्वयन हुँदै आएको बताउनुभयो । कार्यस्थलमा भोग्नुपर्ने … Read more

प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तुु’ लोकार्पण

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तुु’ लोकार्पण गर्नुभएको छ । प्रधानमन्त्री निवासमा आज उक्त पुस्तक लोकार्पण गर्दै उहाँले हरेक प्राणीको चाहना सुख भए पनि मानवलाई सम्मानित तथा सुरक्षित जीवन यापनका निम्ति गरिबी अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानवजाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड दिनुुभयो । हरेक व्यक्तिले सम्मानित जीवन बाँच्न … Read more

सरकारद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडाैं। सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको अध्यक्षतामा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गरेको हो। आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका … Read more

माओवादीले उपचुनावमा सत्तारुढ बाहेकका वाम दलसँग सहकार्य गर्ने

काठमाडौं माओवादी केन्द्रले आसन्न स्थानीय तहको उपचुनावमा सत्तारुढ बाहेकका वाम दलहरुसँग सहकार्यको गर्ने भएको छ । मााओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले सोमबार जारी गरेको परिपत्रमा सत्तारुढ दल बाहेकका वाम तथा देशभक्त दलहरुसँग सहकार्यको प्रयास अगाडि बढाउन पहल गर्ने उल्लेख छ । स्थानीय तहका रिक्त ३४ पदमा यही मंसिर १६ गते उपनिर्वाचन … Read more

राजनीतिक दलको विवरण जिल्लामै अद्यावधिक गरिने

काठमाडौं राजनीतिक दलको विवरण सम्बन्धित जिल्लामै अद्यावधिक गरिने भएको छ ।निर्वाचन आयोगले मंगलबार राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको १८औं वार्षिक प्रतिवेदनमा यस्तो व्यवस्थालाई बाध्यकारी बनाउनुपर्ने उल्लेख छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिका अनुसार अघिल्लो आर्थिक वर्षबाटै यो अभ्यासको सुरूवात भएको हो। तर, कानुनमा भने जिल्लामै राजनीतिक दलको विवरण अद्यावधिक गर्नुपर्ने बाध्यकारी व्यवस्था … Read more