हर्क सांपाङको संघीय सरकारलाई पत्रः फोहोरको फोटो खिचेर राजनीति गरे, पैसा चाहियो

काठमाडौँ

धनरान उपमहानगर पालिकाले फोहोर व्यवस्थापनका लागि हारगुहार गरेको छ।

धरान उपमहानगर पालिकाका प्रमुख हर्कराज राई (हर्क सांपाङ)ले खानेपानी मन्त्री प्रदिप यादवलाई पत्राचार गर्दै फोहोर व्यवस्थानाका लागि सहयोग गरिदिन आग्रह गरेका हुन्।

बोलिचालीको भाषामा लेखिएको पत्रमा जंगलमा फोहार फाल्दा प्रदूषण बढेको र फोटो खिचेर राजनीति गरेको भन्दै व्यवस्थापनका लागि पैसा पठाइदिन आग्रह गरेका छन्।

‘योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्यो। फोहोर जंगलमा फाल्ल्या व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ। साथै फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ। वर्षेनी सुख्खा याममा फोहोरमा आगो लागेर डढेलो लागेर विजोग हुन्छ। तार घेरा लाउन लाको बनका मान्छेहरु आएर डोजरले भत्काइदिए, राईले पत्रमा अगाडि लेखेका छन्,

‘यो विषयमा पत्र पठाको पनि धेरै भयो। अध्ययन गर्ने भन्छन्। कति लामो अध्ययन हो ? कति वर्षे कोर्ष हो ? जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ। हाम्रो सरकार र कानूनलाई प्रक्रिया माथि प्रक्रिया माथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ। लौन सरकार खत्रा लाग्नु पर्यो। सेवां ढोग गरे फेरि पनि।’

सेयर गर्नुहोस्