मुख्य राजमार्गमा यातायात ठप्प हुँदा हवाई उडानमा अत्यधिक चाप

काठमाडौं मुलुकका मुख्य राजमार्गमा यातायात ठप्प हुँदा हवाई उडानमा अत्यधिक चाप देखिएको छ । वायुसेवा कम्पनीका अनुसार आज बिहानैबाट उडान नियमित भएको छ । तर, पछिल्लो तीन दिनयता उडान नियमित हुन नसकेका कारण नयाँ यात्रुले टिकट पाउनै मुस्किल देखिएको छ । आज सबै गन्तव्यमा जहाज पूर्णक्षमतामा उडेको भन्दै यसले त्रिभुवन विमानस्थल व्यवस्थापनमा समेत चाप परेको … Read more

झाप्लेखोला पहिरोमा पुरिएका १३ जनाको पहिचान खुल्यो

बुटवलबाट काठमाडौं जाँदै गर्दा धादिङको झ्याप्ले खोलामा पुरिएको विंंगर जिपमा सवार १३ जना मृतकको परिचय खुलेको छ। गत शुक्रबार बिहान बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिपमा सवार १४ जना यात्रु पहिरोमा पुरिएका थिए। पहिरोमा शुक्रबार साँझ पुरिएको उक्त गाडी र यात्रु शनिबार साँझ मात्रै फेला परेका थिए। उक्त घटनामा विंगर … Read more

सप्तकोशीमा पानीको बहाव घटन थाल्यो

राजविराज, असोज १३ गते । सप्तरी–सुनसरी सीमामा रहेको सप्तकोशी नदीमा बाढीको बहाव घट्न थालेको छ। आइतबार बिहान देखिी कोसी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएको छ । पुलमाथि बाढी बग्न छोडे पनि आउजाउ भने खोलेको छैन । पुलमाथि थेग्रिएको फोहोर लेदो पन्छाउने काम भइरहेको छ। सप्तकोशी नदीको इतिहासमै दोश्रो पटक उच्च बहाव रेकर्ड गरिएको बताइएको छ। … Read more

झ्याप्ले खोलामा पुरिएको माइक्रोबसको चितवनबाट गएको पुष्टि,१० जनाको शव निकालियो

काठमाडौं झ्याप्ले खोलामा पुरिएको भेटिएको अर्को माइक्रोबस (हायस) चितवनबाट काठमाडौं गइरहेको माइक्रोबस रहेको खुलेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त हायस चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ज १३४५ नम्बरको हायस रहेको खुलेको छ। हायसबाट १० जनाको शव निकालिएको छ। योसँगै आइतबार मात्रै झ्याप्लेखोलाबाट निकालिएको शव संख्या १३ पुगेको छ। बिहान … Read more

झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए

काठमाडौं– काठमाडौ‌ं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ। प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट तथा नम्बर नखुलेको बसबाट ती शवहरु निकालिएका हुन्। “कुन सवारीसाधनबाट कति जनाको शव निकालेको भन्ने यकिन जानकारी हुन सकेको छैन”, उनले भने, … Read more

विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न अध्यक्ष दाहालको आह्वान

काठमाडौँ, असोज १३- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न आह्वान गर्नुभएको छ । अध्यक्ष दाहालले आज प्रेस वक्तव्य जारी गर्दै अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी, घाइतेको उपचार र घरबारविहीन भएकालाई सुरक्षित गर्दै पुनःस्थापनाको काम … Read more

आज झ्याप्लेखोला पहिरोबाट निकालियो थप १५ शव

काठमाडौँ, असोज १३- झ्याप्ले पहिरोमा पुरिएका १५ जनाको शव निकालिएको छ । भेटिएका शवमध्ये ११ पुरुष र ४ जना महिलाको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ … Read more

बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला

काठमाडौं काठमाडौंको बाग्मती नदीको पुलमा खड्किएको अवस्थामा एक जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित क्रियापुत्रीको घरपछाडि बाग्मती नदीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव भेटिएको हो । सशस्त्र प्रहरीको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शव आइतबार बिहान बालमन्दिर खटिएको टोलीले शव निकालेको हो । अहिलेसम्म उनको पहिचान नखुलेको डिएसपीले बताए।

काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेटिकप्टर परिचालन

काभ्रेपलाञ्चोक। बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ। यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ। शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि … Read more

उदयपुरमा खोलाले बगाउँदा युवतीको मृत्यु

उदयपुर (गाईघाट) जिल्लाको रौतामाई गाउँपालिका-१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले बगाउँदा शनिबार मृत्यु भएको हो । हिसिला साँझ अबेरसम्म खेतबाट घर नफर्केपछि निजका परिवार आफन्तले खोजीका क्रममा खोला किनारमा उनको … Read more