सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ ।आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो । यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए । दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक रहेको र ट्रकका चालक र सहचालकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ । … Read more

हाजिरी जवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न

भदौ २९ ,काठमाडौँ। बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर महानगर समितिले महानगरस्तरीय हाजिरी जवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। महानगरको प्रभात माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा हाजिरी जवाफतर्फ १८ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा ब्राइट फ्युचर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। रुद्रायणी मावि दोस्रो भएको थियो भने प्रगति शिक्षा … Read more

एमालेलाई कसरी कमजोर पार्ने भनेर प्रतिक्रियावादीहरु लागेका छन्ः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरेका छन्।नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसंगठन समन्वय संयन्त्रको व्यवस्थापनमा आयोजित ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको आज बुढानीलकण्ठमा उद्घाटन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले … Read more

स्व. न्यौपानेलाई काँग्रेस चितवनले दियो जिउँदो शहिदको उपमा

चितवन: स्व. चन्द्रकान्त न्यौपानेलाई नेपाली काँग्रेस चितवनले जिउँदो शहिदको संज्ञा दिएको छ । उहाँले पार्टीमा पु¥याएको योगदानका कारण उहाँको निधन भए पनि सबैको मनमा जीवित रहन सक्नुभएको काँग्रेस चितवनका नेताहरुले बताएका हुन । स्व. न्यौपानेको १२ औं स्मृति सभामा बोल्ने काँग्रेसका केन्द्रीय सदस्य देखी जिल्लाका पूर्ब सभापतिहरुले उहाँले पार्टी र समाजमा पु¥याएको योगदानको चर्चा गर्दै … Read more

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

ढोरपाटन – बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार  पुनः निर्माणका क्रममा एक्कासि घर भत्किँदा काम गरी रहेका घर धनी विकसहित अन्य ११ जना मजदुर … Read more

ललितपुरको कुपण्डोलमा भासियो सडक (तस्बिरहरू)

ललितपुर । ललितपुरको कुपण्डोलमा शनिबार प्रमुख सडक भासिएको छ । भासिएको सडकबाट ठुलो पानी बगिरहेको थियो । के कारणले सडक भासिएको भन्ने खुलेको छैन । वर्षा नभएको बेला सडक भासिनुले मेलम्चीको पाइप फुटेर सडक भासिएको हुन सक्ने आशंका गरिएको छ । सडकमा बगेको पानीले यातायातसमेत प्रभावित भएको छ । पानीको बहावका कारण केही बाइकहरुसमेत लड्न पुगेका थिए … Read more

माइतीघरमा निकालियो अर्धनग्न जुलुस, तस्बिरहरू

काठमाडौँ । दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै शनिबार माइतीघरमा अर्धनग्न जुलुस निकालिएको छ । वर्तमान सरकारमा समेत प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले आज अर्धनग्न जुलुस निकालेका हुन् । करिब एक दर्जन प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म पुगेर प्रदर्शन गरेका छन् । उनीहरूले दलितलाई समान अवसर नभएको भन्दै विभिन्न नारा समेत … Read more

दाउरा सङ्कलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् । महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिए । उनका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा … Read more

पहिरोले बाटो भत्किँदा विद्यालय बन्द, पठनपाठन प्रभावित

सिमकोट–  हुम्लाको सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र निम्न माध्यामिक विद्यालय दुई दिनदेखि बन्द भएको छ । जिल्लामा निरन्तर वर्षा भएर विद्यालय जाने साँता गाउँ नजिकको बाटो पहिरो आएर भत्किँदा विद्यार्थी उपस्थित नहुँदा विद्यालय बन्द भएको हो । बाटो भत्किँदा सिमकोट–८ याङ्गु गाउँका विद्यार्थी दुई दिनदेखि विद्यालय जान नपाएका हुन् । भारी वर्षा भएर बिहीबार र बुधबार दुई दिन यहाँका विद्यार्थी विद्यालय जान नपाएको बलभद्र … Read more

चितवनका दूध किसानले पाएनन् ७४ करोड भुक्तानी

चितवन, भदौ २९- यहाँका दुग्ध उत्पादक किसानले रु ७४ करोडभन्दा बढी भुक्तानी पाएका छैनन् । फागुन यतादेखिको भुक्तानी बाँकी रहेको छ ।चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानको मात्रै रु ३३ करोडभन्दा बढी भुक्तानी रोकिएको छ । जिल्लाका एक सय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको … Read more