गलकोटमा दुर्घटनाः मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने

मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइने भएको छ।   शुक्रबार बिहान गलकोट नगरपालिका-२ को भुङ्खानीमा काठमाडौँदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा१झ २०० नम्बरको पिकअप जिप सडकदेखि तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो।मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ।आज बिहानैदेखि मृतकको … Read more

काठमाडौंका यी स्थानमा आज विद्युत अवरूद्ध हुने

काठमाडौं। काठमाडौंका विभिन्न स्थानहरूमा आज विद्युत अवरूद्ध हुने भएको छ ।विद्युत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने जानकारी दिएको हो । असन फिडर अन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा … Read more

बालबालिकाका सम्बन्धमा बनेका कानूनहरुको प्रभावकारी कार्यान्वयन जरुरी: राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहको भूमिका अहम् हुने बताएका छन्। राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले सम्पूर्ण सरकारी, गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकिकृत र समन्वयात्मक भूमिका पनि बालबालिकाको पक्षमा काम गर्न उत्तिकै महत्वपूर्ण रहेको … Read more

कैलालीबाट झापा आएर युवकले गरे युवतीको हत्या

झापाको बिर्तामोडमा एक युवाले अन्धाधुन्ध छुरा प्रहार गरेर एक युवतीको हत्या गरेका छन् । बिर्तामोडको महानन्द चौकमा शुक्रवार साँझ एक युवाको छुरा प्रहारबाट मनिषा लोहारको मृत्यु भएको हो । लोहार इलामको सूर्याेदय नगरपालिकाको फिक्कलकी हुन्  । उनको हत्या आरोपमा कैलालीको गौरीगंगा नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा प्रहरी प्रमुख … Read more

मितेरी सहकारी प्रकरण: धनराजको डिभोर्स कागजी मात्र, एक महिना अगाडि तिरेका थिए ऋण

काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिन गर्न गठन गरिएको संसदीय छानविन विशेष समितिले कांग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण गरको छ । समितिका सभापति सुर्य थापासहित सबै सदस्यले सहकारीको स्थलगत निरीक्षण गरेर जानकारी लिएका छन् । त्यसक्रममा समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको १५ करोड बचत हिनामिना बारे सोधपुछ गरेको … Read more

सरकारद्वारा ६५ लाखसहित पदक विजेता पलेसालाई सम्मान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन्। मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो। यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र … Read more

सर्वसाधारणका लागि धरहरा खुला गरिँदै

काठमाडौँ । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय गरेको हो। २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ढलाएको धरहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको । अबको धरहरा अपांगता भएकाहरूले पनि चढ्न र हेर्न सजिलो छ। … Read more

संबैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश सिफारिस हुनसक्ने

काठमाडौं। आज संबैधानिक परिषदको बैठक बस्दै छ। यस अघि बुधबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन्। संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ। संवैधानिक … Read more

अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय

काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ। वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चांग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जनाएको हो। समितिका सभापति प्रा डा … Read more

भरतपुरको मुख्य बजार क्षेत्रमा पार्किङः जग्गा भाडामा दिन चाहनेलाई सम्पर्कमा आउन आग्रह

चितवन:  भरतपुर महानगरपालिकाले सेवा प्रदायक संस्थालाई सेवाग्राहीका सवारी साधनको लागि पार्किङको व्यवस्था आफै मिलाउन आग्रह गरेको छ । महानगरले एक सूचना प्रकाशन गरी सरकारी तथा गैरसरकारी कार्यालय, वित्तिय संस्था, अस्पताल तथा व्यवसायीहरुलाई पार्किङको व्यवस्थापन मिलाउन आह्वान गरेको हो । त्यस्तै, मुख्य बजार क्षेत्रमा सशुल्क पार्किङको लागि जग्गा भाडामा दिन चाहनेलाई सम्पर्कमा आउन पनि महानगरले आग्रह … Read more