ट्रम्पको हत्या प्रयासपछि अमेरिकी सिक्रेट सर्भिस समीक्षाका लागि सहमत

काठमाडाैं : ठूलो सुरक्षा विफलताका लागि बढ्दो दबाबमा अमेरिकी सिक्रेट सर्भिसले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक सुटरले गोली चलाएपछि स्वतन्त्र समीक्षामा सहयोग गर्ने वाचा गरेको छ ।अठहत्तर वर्षीय ट्रम्प शनिबार पेन्सल्भेनियामा एक चुनावी र्यालीमा हत्या प्रयासबाट बचे । उक्त निर्लज्ज आक्रमणले नोभेम्बरको मतदानअघि गहिरो ध्रुवीकरण भएको मुलुकलाई स्तब्ध बनाएको छ । “के भयो, कसरी भयो … Read more

इजरायली सेनाको पछिल्लो आक्रमणमा हमासका कमाण्डर मारिएको दाबी

इजरायल:  इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा मारिएको इजरायलले दाबी गरेको हो । तर हमासले भने यसको पुष्टि नगरेको बीबीसीले जनाएको छ । सेनाले गएको अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणको मुख्य योजनाकार सलामा … Read more

सुनको मूल्यको नयाँ रेकर्ड

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मुल्य हो । यस अघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला … Read more

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जित्यो

काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको हो । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको ४८औं संस्करणको कोपा फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० ले पराजित गरेको हो ।अर्जेन्टिनाका लागि लाउटारो मार्टिनजेल ११२औं मिनेटमा जिओभानी … Read more

कांग्रेस संस्थापनबाट टुंगियो मन्त्रीहरूको नाम

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ । सभापति शेरबहादुर देउवाले आफ्नो समूहनिकट नेताहरूको नाम टुंगो लगाएका छन् । शेखर–गगन समूहबाट भने नाम टुंगिन बाँकी छ । कांग्रेसले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । सिंहले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने छन् । यस्तै रमेश लेखक गृहमन्त्री र देउवापत्नी … Read more

सिमलताल पहिरो : थप दुई शवको पहिचान खुल्यो

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार पहिरोले बगाएको बसका यात्रुमध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको सोमबार पहिचान खुलेको हो । सनाखत हुनेमा भरतपुर –२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपत छन् … Read more

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

सिन्धुपाल्चोक — याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ । सात दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पुर्‍याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध … Read more

तनहुँमा खोलाले बगाउँदा दुईको मृत्यु

तनहुँ:खोलाले बगाउँदा तनहुँमा दुईको मृत्यु भएको छ । व्यास नगरपालिका–५ साँगे निवासी २० वर्षीय शिशिर कुमालको आइतबार साँझ घर नजिकैको साँगे खोलाले बगाउँदा मृत्यु भएको हो भने भानु नगरपालिका–६ लेङगाबारीका ३१ वर्षीय निमबहादुर मश्राङ्गीको चुँदीखोलाले बगाउँदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार बगाएर बेपत्ता हुनु भएका कुमालको … Read more

एमालेले टुंगायो ८ मन्त्रीको नाम, विष्णु पौडेल उपप्रधान एवं अर्थमन्त्री बन्दै

काठमाडौँ — एमालेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्नेहरूको नाम टुंगो लगाएको छ । एमालेका एक नेताका अनुसार ओलीले १४ जनाको ‘सर्टलिस्ट’बाट ८ जनाको नाम टुंगो लगाएका हुन् । प्रधानमन्त्रीपछि वरीयतामा रहने गरी एमालेले विष्णु पौडेललाई उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मा दिएका छन् । त्यस्तै पदाधिकारीबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि मन्त्री बन्ने भएका … Read more

पूर्वी नवलपरासीमा फेला पर्‍यो एक पुरुषको शव

नारायणी नदी किनारामा पर्ने नवलपरासी पूर्वको मध्यविन्दुमा एक पुरुषको शव फेला परेको छ। आज बिहान ८ बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका- २ भुटाहास्थित नारायणी नदीको टापुमा पहिचान नखुलेको एक पुरुषको शव फेला परेको हो। उक्त शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।