नेपाल–फिलिपिन्स सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक कार्यक्रम

एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सले फिलिपिन्सको राजधानी मनिलामा आगामी मङ्सिर २३ मा ‘मनिला अन्तरराष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले उक्त जानकारी दिँदै नेपाल र फिलिपिन्सबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम … Read more

उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत नोभिकोभले शिष्टाचार बिदाइ भेट गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो । सो भेटका अवसरमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिकसम्बन्ध स्थापना भएदेखि दुई देशबीचको मित्रवत्सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहँदै आएको उल्लेख गर्नुभयो … Read more

दसैँमा सुरक्षाका लागि जनकपुरमा १३४५ प्रहरी परिचालन

दसैँलक्षित सुरक्षा योजनाअनुसार जनकपुरधाममा एक हजार ३४५ प्रहरी परिचालन गरिएको छ । धार्मिक र सांस्कृतिक दृष्टिले दसैँका बेला यहाँ धेरै श्रद्धालु–भक्तजन आउन भएकोले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष सुरक्षा व्यवस्थापनका लागि आठ सय पाँच जना नेपाल प्रहरी, चार सय … Read more

सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ :सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय (आरटिआई)महासङ्घले आज मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले सूचनाको हकको प्रयोगबाट भ्रष्टाचार न्यूनीकरणमा काम गर्न सकिने भएकाले यसको व्यावहारिक र प्रभावकारी कार्यान्वयनमा जोड दिने बताउनुभयो । सूचनाको हकका विषयमा सरोकारवाला सबैलाई राखेर दसैँपछि … Read more

सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द

सवारी चालक अनुमति पत्र (ईडीएल) र सवारी दर्ता (ईभीआरएस)सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चालन गर्दै आएको सवारी चालक अनुमति पत्र र सवारी दर्ता सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द भएको हो । विभागले शुक्रबार सार्वजनिक गरेको सूचनामा भाद्र २३ र २४ गतेको आन्दोलनका … Read more

अनलाइनमार्फत बुकिङ रकम उपभोक्तालाई फिर्ता गरिँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेनजी आन्दोलनका कारण यसवर्ष दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको अवस्थाले गर्दा व्यवस्थापनमा समस्या परेपछि खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको हो । कम्पनीले आन्दोलन अगाडि करिब दुई हजार खसी–बोका र च्याङ्ग्रा खरिद बिक्रीका लागि प्रक्रिया सुरु … Read more

नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक

नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकाङ्क्षासहित औपचारिक यात्रा सुरु गरेको हो व्यवसाय, व्यक्तित्व र सरकारी निकायलाई … Read more

पहिरो र चाडपर्वका कारण बढे हवाई यात्रु

नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो । भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको छ । काठमाडौँ–भरतपुर, भरतपुर–पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै विमानसमेत थप गरेको हो । बुद्ध यएर … Read more

विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ । पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउनेकार्य गरेको पाइएका कारण सो कार्य नगर्न÷नगराउन आग्रह गरिएको विमानस्थलका महाप्रवन्धक हङ्सराज पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको हवाई आवागमन हुने … Read more

घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौँ छाडे

घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौँ छाडेका हुन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले … Read more