जुवातास खेलिरहेको अवस्थामा नगद सहित चार जना पक्राउ

विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेश सहित चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । नगद ८५ हजार ९ सय ८५ रुपैयाँ र १ बुक तास सहित उनीहरूले प्रयोग गरेको मोटरसाइकल ३ थान समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मतदाता नामावली संकलनको अवधि डेढ महिनासम्म खुल्ला राखिने

नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराउन करिब डेढ महिनाजतिको समय पाउने भएका छन् । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सुरु हुनुअघिसम्म मतदाता नामावली संकलनको काम खुला राख्ने तयारी गरेको हो । सामान्यत मतदानको १२० दिन अर्थात चार महिना अघिदेखि निर्वाचन कार्यक्रम सुरु हुन्छ । ‘करिब करिब २१ कार्तिकसम्म मतदाता नामावली संकलन गर्न सकिन्छ कि भनेर … Read more

भू–उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाइनेः मन्त्री सिन्हा

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू–उपयोग नियमावली संशोधनको प्रक्रियाअघि बढाउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै भूमिव्यवस्थामन्त्री सिन्हाले हालसम्म भूमि सुधारका क्षेत्रमा थुप्रै काम भए तापनि कित्ताकाट रोकिएका कारण विकाससम्बन्धी काम प्रभावित भएकाले सहजीकरणका पक्षमा संशोधन गरिएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “विशेषगरी कित्ताकाट रोकिएको विषय, विकास आयोजनाका … Read more

काभ्रेमा दसैँभर टिपर सञ्चालनमा रोक

जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारीको साधन टिपर सञ्चालनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको गत भदौ ३० गतेको निर्णयानुसार दसैँभर जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको जनाइएको छ । कार्यालयद्वारा प्रकाशित सार्वजनिक अपिलमा यही असोज ६ देखि असोज २२ गतेसम्म टिपर सञ्चालन नगर्न भनिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठद्वारा … Read more

जेन-जी आन्दोलनको क्रममा घरमा आगो लगाउँदा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

गत भदौ २४ गतेको  जेन-जी आन्दोलनको उग्र प्रदर्शनका क्रममा घरमा आगो लगाउँदा जलेकी महिलाको उपचारका क्रममा मंगलबार ज्यान गएको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगञ्जस्थित घरमा आगजनी गरिँदा जलेर घाइते भएकी ४५ वर्षीया सोशलादेवी हजाराको मंगलबार काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी आगजनीका क्रममा घरको छतमा थिइन् । छतमा … Read more

झोला उद्योगबाट रोजगारी सृजना गर्दै तारादेवी

बुद्धशान्ति गाउँपालिका–३ प्रगतिटोल पुग्दा एउटा महिलाको सङ्घर्ष र सफलताले भरिएको कथा भेटिन्छ । नम्र स्वभाव, अनी आत्मविश्वासले भरिपूर्ण अनुहार । आफ्नै घरको भुइँतलामा चलिरहेको सानो तर व्यस्त कार्यशालामा कपडाको थुप्रो, रङ्गीचङ्गी धागा, काट्न प्रयोग गरिने कैची र सिलाइ मेसिनको निरन्तर आवाजले उद्योगको जीवन्तता झल्काउँछ । यही ठाउँ हो– शीतला झोला उद्योग, जसको नाम अहिले बुद्धशान्तिमात्र … Read more

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराउनुभएको हो । नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमिव्यवस्था, … Read more

केन्द्रको कार्यालयमा क्षति भए पनि अभिलेख भने सुरक्षित

राष्ट्रिय सतर्कता केन्द्रमा रहेका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन र सम्पत्ति विवरणलगायतका महत्त्वपूर्ण कागजात र अभिलेख सुरक्षित रहेका छन् । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते सिंहदरबार परिसरमा भएको आगजनी र तोडफोडको घटनामा केन्द्रमा रहेका ती महत्त्वपूर्ण दस्तावेज र फाइलहरू सुरक्षित रहेको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको … Read more

चार महिनापछि रारा विमानस्थलमा उडान

मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले आज उडान भरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले यसअघि गत वैशाख महिनासम्म रारा विमानस्थलमा हप्ताको तीन दिन उडान भर्दै आएको थियो । नियमित उडान हुँदा मुगालीहरुले राहत महसुस गरेका थिए । तर चार महिनायता उडान नहुँदा यो विमानस्थल भएर नेपालकै ठूलो ताल राराताल घुम्न आउने … Read more

हात्ती भगाउने पुराना तरिका असफल, किसान चिन्तित

“साइरन बजाउँदा, उज्यालो देखाउँदा, पटाका पड्काउँदा पनि हात्ती तर्सिन छाडेका छन्”, शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान दामोदर जोशी भन्नुहुन्छ, “अब त आगो बाल्दा वा टायर बालेर धपाउन खोज्दा पनि हात्ती टसकोमस हुँदैन ।” शुक्लाफाँटा नगरपालिकाका अधिकांश किसानको साझा पीडा अहिले हात्ती आतङ्क बनेको छ । “पहिले सजिलै धपाइने हात्तीका बथान अहिले यिनै तरिकामा ‘अभ्यस्त’ भइसकेका छन्, … Read more