दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ । दसैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । अदालतको सूचनामा भनिएको छ, “न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम … Read more

बैंकिङ कारोबारका लागि सोमबार पनि आरटिजिएस प्रणाली खुला रहने

आज घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली सञ्चालन गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटिजिएस प्रणाली सञ्चालनमा रहनेछ । “सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा रहेता पनि आरटिजिएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने भएको छ”, राष्ट्र बैंकले सूचना जारी … Read more

दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै

हिन्दू नेपालीहरूको मुख्य चाड बडादसैँ नजिकएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नेपाली घर फर्कन थालेका छन् । बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट रोजगारीका लागि गएकाहरू स्वदेश फर्कन थालेका हुन् । बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट स्वदेश फर्कनेको सङ्ख्या बढेसँगै सवारीसाधनमा यात्रुको घुइँचो बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाटबाट घर फर्कने … Read more

माटो खन्न गएकी महिलाको ढिस्कोले पुरिएर मृत्यु

उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। उदयपुरको त्रियुगामा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको हो। त्रियुगा नगरपालिका-६ स्थित चुरे जंगलको गेरुवा खोलामा माटो खनिरहेकी २४ वर्षीया रमिला राईको माथिबाट खसेको ढिस्कोले पुरिएर आज घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार माटो खन्ने क्रममा एक्कासी … Read more

सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै

‘जेनजी’ प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्न थालिएको छ । मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समन्वयमा जेनजी प्रदर्शनका क्रममा सिंहदरबारभित्र आगजनीबाट क्षति पुगेका … Read more

संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँँ : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग आज भवन निर्माणबारे छलफल गर्दै उहाँले पुसमै निर्माणसम्पन्न गर्नेगरी काम अगाडि … Read more

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भाँसियो

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भाँसिएको छ । लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भाँसिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ । कालोपत्र भइसकेको स्थानमा भासिने, उप्किने र खाल्डाखुल्डी पर्ने समस्याले सडक जीर्ण बन्दै गएको छ । कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने झण्डै ७० किलोमिटरमध्ये कालोपत्र भइसकेको सेतीवेणी–फलेबास खण्डमा बिग्रिएको … Read more

‘जीर्ण बनेका आयोजनाको ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा जानुपर्छ, आयोजनालाई अलपत्र पारेर राख्न पाइँदैन’: मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव तथा विभागीय प्रमुखलाई जीर्ण आयोजनाको सूची तत्काल तयार गरी पेस गर्न निर्देशन दिनुभएको छ । … Read more

जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा आज यहाँ आयोजित मूल समारोहमा उहाँले संविधानको मर्म र भावनाबमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा … Read more

संविधान दिवस मनाउँदै राष्ट्रपति पौडेल, विशिष्ट पदाधिकारीलाई निमन्त्रणा

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा संविधान दिवस मनाउने भएका छन्। यही असोज ३ गते शुक्रबार शीतल निवासमा संविधान दिवस मनाउने कार्यक्रम तय भएको हो। ् संविधान दिवसको कार्यक्रमका लागि राष्ट्रपति कार्यालयका सचिव डा। दिपक काफ्लेले निमन्त्रण बाँड्न थालिसकेका छन्। ‘बाँड्न थालिएको निमन्त्रणापत्रमा ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको समुपस्थितिमा संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ … Read more