डमी कम्पनीमार्फत् ३२ सय किलो सुन तस्करी, २४ जना थुनामा

काठमाडौं– नेपालमा पाँच वटा नक्कली कम्पनिमार्फत् करिब ३२ क्विन्टल अर्थात् ३२ सय किलो सुन तस्करी भएको पाइएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका अनुसार पाँचवटा डमी कम्पनी खडा गरेर ३१ अर्ब बराबरको सुन तस्करी भएको पाइएको हो।भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजीबाट सुन तस्करी … Read more

ठमेलको होटलबाट दुई विदेशी पक्राउ

काठमाडौं । प्रहरीले कोकिनसहित दुई तान्जेनियन नागरिकलाई ठमेलबाट पक्राउ गरेका छ । होटल ग्यालरीबाट एक किलो दुई सय ४७ गौम कोकिनसहित ५२ वर्षिय रामाधानी सिम्बा वाबुम्बा र त्वालिब किपेभु पाशुवालाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले विमानस्थलदेखि पछ्याएर उनीहरुलाई पक्राउ गरेको हो । जुसको बट्टामा क्याप्सुल बनाएर लुकाई उनीहरुले कोकिन तस्करी गरेका थिए ।

सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन् । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार नेकपा एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (माओवादी केन्द्र)की लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएका हुन् । उनीहरु गत जेठ … Read more

भारतको नयाँ कानुन : विवाहको आश्वासन दिएर धोका दिए १० वर्ष जेल

भारतमा आज अर्थात् जुलाई १ देखि भारतीय न्याय संहिता, भारतीय नागरिक रक्षा संहिता र भारतीय प्रमाण संहिता गरी तीनवटा फौजदारी कानुन लागू भएको छ ।यो विधेयक गत वर्ष संसद्का दुवै सदनबाट आवाजले पारित भएको थियो । दुवै सदनबाट यो विधेयक पारित हुँदा पाँच घण्टा मात्रै बहस भएको थियो र यही बेला १४० भन्दा बढी विपक्षी … Read more

बलात्कार आरोपी शिक्षकलाई कडा कारबाही गर्न माग

काठमाडौँ । प्रतिनिधि सभा सदस्य शान्ति विकले बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गरेकी छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य विकले खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १२ को एक विद्यालयमा शिक्षकले नाबालिकालाई बलात्कार गरेको भन्दै कडा कारबाही गर्न माग गरेकी हुन् । उनले विद्यालय … Read more

जन्ती सबार बस दुर्घटना हुँदा १५ जना घाइते

धनुषा । धनुषामा जन्ती सबार बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस सडक छेउमा पल्टिँदा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा राति ९ बजे जन्ती सबार ना ४ ख ४४९२ नम्बरको बस दुर्घटना … Read more

शिक्षकले फलामको स्केल प्रहार गर्दा विद्यार्थी टाउकोमा चोट

सुर्खेत, शिक्षकको कुटाइबाट सल्यानका एक विद्यार्थी टाउकोमा चोट लागेको छ । आइतबार सल्यानको त्रिवेणी गाउँपालिका–६ लुहाममा रहेको बल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण विकलाई शिक्षकले कुटेका थिए ।अरुणलाई कक्षा चलेका बेला खेलेको भन्दै शिक्षक चन्द्रबहादुर डाँगीले फलामको स्केलले हानेका हुन्। फलामको स्केल प्रहारबाट उनको टाउकोमा चोट लागेको हो।घाइते अरुणलाई तत्काल स्थानीय मेडिकलमा उपचारका … Read more

नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते

बोर्नो– नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।घटनामा १८ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका नाइजेरियाकोे आपतकालीन सेवालाई उद्धृत गर्दै सिएनएनले समाचारमा उल्लेख गरेको हो । स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा) का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको … Read more

नदीमा बगेर एक मजदुर बेपत्ता

कञ्चनपुरमा महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका … Read more

निकुञ्जका कर्मचारी मृत भेटिए

किमाथाङ्का– मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन् ।सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रथ प्रदर्शक ५० वर्षीय केशरबहादुर कार्की आज मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । उनलाई निकुञ्ज कार्यालयदेखि झण्डै तीन सय मिटरको दूरीमा स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।कार्की … Read more