नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। संघको वरिष्ठ उपाध्यक्षमा छवि कँडेल, प्रथम उपाध्यक्ष (वाणिज्य)मा एकदेव रिमाल, द्वितीय उपाध्यक्ष (उद्योग)मा सुरेन्द्र तिवारी, महासचिवमा तेजनारायण पाण्डे, कोषाध्यक्षमा माधवप्रसाद सापकोटा, सचिवमा विष्णुप्रसाद पंगेनी र वरिष्ठ सदस्यमा शालिकराम सापकोटा निर्वाचित … Read more

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छुः डा कोइराला

नवलपुर । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभाका अवसरमा आज गैँडाकोटमा आयोजित कार्यक्रममा उहाँले प्रतिबद्धताअनुसार काम भइरहेको बताउनुभयो । “मैले निर्वाचनका बेला यस क्षेत्रको विकासका लागि केही प्रतिबद्धता गरेको थिएँ, तिमध्ये केही योजना हुने प्रक्रियामा छन् । बाँकी … Read more

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले वर्तमान मन्त्रिपरिषदका सदस्यहरुले प्रधानमन्त्री कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको बताइन्। यस्तै सरकारले सदनको अवरोध हटाउनका लागि गम्भीर भएर लाग्न प्रतिपक्षी दललाई आग्रह पनि गरेको छ। प्रवक्ता शर्माले समस्या … Read more

कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बालेन

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाह कान्स फिल्म फेस्टिभलको ७७औँ श्रृङ्खलाको रेड कार्पेट सहभागी भएका छन्। बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म  फेस्टिभलमा सहभागी भएका हुन्। बालेन फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी भएका उनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका छन्। यस्तै उनले … Read more

सुकेधाराको डान्स बारमा लुटपाट, ५ जना पक्राउ

काठमाडौँ महानगरपालिका–४ स्थित सुकेधारमा सञ्चालित मुस्कान डान्स बार एन्ड क्लबमा लुटपाट भएको छ । बिहीबार चार जना भारतीय नागरिकहरू सो डान्स बारमा लुटिएका हुन् । लुटमा संलग्न आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा सर्लाही घर भएकी २५ वर्षीय कविता योन्जन, लमजुङ घर भएका ३० … Read more

काठमाडौंबाट पेस्तोलसहित १ जना पक्राउ

बूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर भई पैंयुटार बस्दै आएका २३ वर्षीय अर्जुन दर्नाल छन् । शुक्रबार उनकै डेराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनको कोठाबाट बरामद भएको हतियार घरेलु कटुवा पेस्तोल रहेको खुलेको … Read more

संशोधन विधेयक फिर्ता लिन संसद् सचिवालयलाई सरकारको पत्र

सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिनका लागि सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सरकारले यसअघि दर्ता भएर विचाराधीन रहेको राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने भनी पत्र पठाएको जानकारी दिनुभयो । सरकारले चाहेमा जुनसुकै बेला पनि विधेयक फिर्ता लिन सक्ने कानुनी व्यवस्थाअन्तर्गत यो विधेयक फिर्ता लिन लागिएको हो … Read more

प्रधानमन्त्रीले कांग्रेस नेतासँग छलफल गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाउनुभएकाे कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ । यसमा … Read more

प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित

प्रतिनिधि सभाको बैठक जेठ ६ गते आइतवारसम्मका लागि स्थगित भएको छ । यसअघि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्षसहित प्रतिपक्ष दलहरू बेग्लाबेग्लै छलफलमा व्यस्त रहेपछि दिउँसो २ बजेका लागि सारिएको थियो । तर दिउँसो ३ बजेसम्म पनि बैठक बस्न सकेन । बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेको आदेशमा संसद् सचिवालयले … Read more

नीति लचक बनाएर उत्साह बढाउने केन्द्रीय बैंकको प्रयास

केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षा मार्फत भएका परिमार्जनले बजारमा केही हदसम्म उत्साह र आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने जनाएको छ । मौद्रिक नीति समीक्षापछि ‘भर्चुअल’ माध्यमबाट पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंक प्रवक्ता डा. गुणाकर भट्टले आर्थिक स्थायित्व र वित्तीय स्थायित्वलाई कसरी प्रवद्र्धन गर्ने र आर्थिक गतिविधि कसरी विस्तार गर्ने भन्नेमा मौद्रिक नीति केन्द्रित भएको … Read more