छ गैँडा स्थानान्तरण गर्ने तयारीमा रहेको चितवन निकुञ्जले तीन वटाको गर्‍यो स्थानान्तरण

चितवन – चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । पश्चिममा गैँडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुई वटा गैँडालाई पूर्व ल्याइएको छ । अन्दाजी आठ र १७ वर्षका गैँडालाई नियन्त्रणमा लिएर पूर्वी चितवनको खैरहनी नगरपालिका … Read more

चितवनको नारायणी किनारमा ११ जातिका घर अवलोकन गर्न पाइने

चितवन:   चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा विभिन्न जातजातिका घर अवलोकन गर्न पाइने भएको छ । यही चैत ९ देखि १८ गतेसम्म हुने प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारी महोत्सवमा विभिन्न ११ जातजातिका घरहरुको अवलोकन गर्न पाइने भएको हो । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले आयोजना गर्न लागेको महोत्सव स्थलमा यतिखेर धमाधम अस्थायी … Read more

शालिन मृत्यु प्रकरण: विद्यालयका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा

चितवन:  रत्ननगरको एकता शिशु निकेतनको होस्टलमा मृत भेटिएकी शालिन पोखरेलको घटनामा पक्राउ परेका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । आत्महत्या दुरूत्साहनको मुद्दामा सोमबार नसकिएको थुनछेक बहस आज सकिएर सो आदेश आएको छ ।  एकता शिशु … Read more

कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैनः गृहमन्त्री लामिछाने

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दललाई चारवर्ष संसद अवरुद्ध गरे पनि आफूहरूको संयन्त्रले भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताएका छन्। सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछाने मुछिएकाले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको कांग्रेसले अन्यथा संसद अवरुद्ध हुने चेतावनी दिएपछि गृहमन्त्री लामिछानेको सो भनाइ सार्वजनिक भएको हो। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा … Read more

गृहमन्त्री रवि लामिछानेलाई बदनाम गर्न खोजियोः केपी ओली

कैलाली। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाएका छन्। आज प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरर्जस्ती बदनाम गराउन खोजिएको दाबी गरे। लामिछानेको सहकारीसँग कुनै सम्बन्ध नभएको भन्दै उनले छानबिनमा कुनै … Read more

निसीखोला बस दुर्घटना अपडेट : नौ जनाको मृत्यु, २८ घाइते, मृतक सबैको सनाखत

ढोरपाटन (बागलुङ)। बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ। पूर्वीरुकुमबाट काठमाडौंतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१-००६ख३८७९ नम्बरको बस मंगलबार बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो। दुर्घटनामा २८ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय … Read more

बागलुङको निसीखोलामा बस दुर्घटनाः सातको मृत्यु, २० जना घाइते

ढोरपाटन। बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो। बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका … Read more

महरा पक्राउ परेपछि गगन थापाले दिए सरकारलाई धन्यवाद

काठमाडौं। सुन तस्करी प्रकरणमा माओवादी केनद्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेपछि नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई धन्यवाद दिएका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारलाई धन्यवाद दिएका हुन्। ‘केही समयअगाडि प्रतिपक्षी ठाउँबाट नेकपा (एमाले) ले सदनमा एउटा विषय जोडदार ढंगले उठायो। सुन प्रकरणमा शक्तिशाली मानिसहरू संलग्न भएका छन्, त्यसैले प्रहरीको … Read more

कृष्णबहादुर महरा रुपन्देहीबाट पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले रुपन्देहीमा नियन्त्रणमा लिएको छ । रोल्पा हिँडेका महरालाई प्रहरी नियन्त्रणमा लिएको हो । पक्राउ परेका महरालाई भैरहवाबाट काठमाडौं ल्याउन लागिएको छ । महरालाई सुन तस्करी प्रकरणमा पक्राउ गरिएको हो । सुन तस्करीबारे छानबिन गर्न पूर्व न्यायाधीश डिल्लीराज आचार्यको  संयोजकत्वमा गठित उच्चस्तरीय आयोगले महरालाई सुन तस्करीमा संलग्न भएको आरोपमा … Read more

चितवनको मुग्लिन बजारमा ट्रक र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

मुग्लिन:  चितवनमा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारस्थित एक होटलबाट खाना खाई निस्कदै गरेको जेएच ०५ डिके २८२९ नम्बरको भारतीय नम्वर प्लेटको ट्रकमा नारायणगढतर्फबाट कुरिनटारतर्फ जाँदै गरेको ग १३ प ४१६३ नम्बरको मोटरसाइकल आइतबार साँझ ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ईच्छाकामना गाउँपालिका ५ … Read more