इलाम २ को मतगणना आज विहानबाट सुरु गरिँदै

काठमाडौं। इलाम २ को मतगणना आज बिहानबाट सुरु गरिँदै छ। मतगणना स्थलमा मतपेटिका आइपुग्न समय लागेपछि आज विहानबाट मात्र मतगणना गरिने भएको हो। आज विहान ७ बजे सर्वदलीय र पक्षीय बैठक राखेर मात्र मतगणना सुरु गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। हाल मतगणना स्थलमा मतपेटिका संकलनको कार्य भइरहेको छ। मतगणना स्थलमा सुरक्षा … Read more

इलाम–२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं। इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ। निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ। इलाम–२ मा  इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिदै छ। आयोगका अनुसार राति १० बजेसम्म सबै मतपेटिका मतगणना स्थलमा आइपुग्ने जनाएको छ। त्यसपछि … Read more

भरतपुर महानगर प्रमुख रेनु दाहालले ३९ किसानलाई बाडिन् बाख्रा र हाँसको चल्ला

चितवन:  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ३९ किसानलाई बाख्रा र हाँसको चल्ला बाडेकी छन् । महानगरपालिकाले पशुपालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न भरतपुर–२२ का परिवारलाई बाख्रा र हाँस बितरण गरेको हो । २०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो वर्ष पनि निरन्तरता दिएको मेयर दाहालले जानकारी दिइन् । अभियानकै क्रममा शनिबार १९ … Read more

लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै चितवन, सातवटै पालिकामा नियन्त्रण महाअभियान सुरु

चितवन: लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको चितवनमा लागुऔषध निष्तेज पार्ने अभियान सुरु भएको छ । जिल्लामा लागुऔषधको प्रयोगकर्ता युवाको संख्या बढेसँगै चितवन प्रशासनको नेतृत्वमा तीन महिने महाअभियान सुरु गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज तीन महिने महाअभियानको उद्घाटनसँगै कार्ययोजना पुस्तिका सार्वजनिक गरेकी छन् । सो अवसरमा महानगर प्रमुख दाहालले सभ्य, सुन्दर सुसंस्कृत … Read more

इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

फिक्कल। इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ। उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी छ। हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ५७ प्रतिशत मत खसेको प्रजिअ यादवले जानकारी दिए। अहिले मतपेटिका गणनास्थलमा आउन सुरु … Read more

इलाम-२ र बझाङमा शान्तिपूर्ण रूपमा मतदान जारी

काठमाडौं। इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान सुरु भएको छ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान सुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ। इलाम-२ मा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार रहेका छन्। त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय … Read more

इलाम र बझाङमा मतदान हुँदै, आजै रातिदेखि मतगणनाको तयारी

काठमाडौं। इलाम क्षेत्र नम्वर-२ र बझाङ क्षेत्रमा १ (क) प्रदेशसभा सदस्यको निर्वाचन आज हुँदैछ। निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ। इलाम-२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएका छन्। सो क्षेत्रमा कुल एक लाख १५ हजार ८८९ मतदाता छन्। इलाम–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुन १९ जनाले … Read more

धरौटी बुझाएपछि रिहा भए दिपेश पुन

बुटवल। सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत रुपन्देहीको आदेशमा ४ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार पुन रिहा भएका हुन्। गत शुक्रबार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो। पुनले ४ लाख धरौटी रकम नबुझाएका कारण … Read more

कांग्रेसलाई शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ: अध्यक्ष नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्डै झन्डै टुटेको टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले समयमा निर्णय लिएका कारण गठबन्धन टुटनबाट बचेको बताए। अध्यक्ष नेपालले हाल सरकारमा रहेका छ वटै पार्टीलाई समान ढंगले मिलाएर अगाडि बढ्नुपर्ने बताए । … Read more

फुडमाण्डुको सेवा अब चितवनमा, वैशाख महिनाभर ३० प्रतिशतसम्म छुट

भरतपुर: खाना डेलिभरी कम्पनी फुडमाण्डुले चितवनमा पनि सेवा विस्तार गरेको छ । काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरापछि चितवनमा फुडमाण्डुको सेवा विस्तार भएको हो । सेवा विस्तार गरेको अवसरमा कम्पनीले वैशाख ३१ गतेसम्म हरेक अर्डरमा ‘फुडसफारी’ कोड प्रयोग गर्दा ३० प्रतिशत (५०० रुपैयाँसम्म) छुट दिने घोषणा गरेको छ । कम्पनीले भरतपुरमा शुक्रवार पत्रकार सम्मेलनगरी फुडमाण्डुको सेवा … Read more