काठमाण्डौबाट धनगढी उड्न लागेको श्री एअरलाइन्सकाे जहाज पुनः पार्किङमा

काठमाण्डौबाट धनगढी उड्न लागेको श्री एअरलाइन्सको जहाजलाई पाइलटले धावनमार्ग नजिकैबाट पुनः पार्किङमा फर्काएका छन् ।

विमानभित्र इन्धनको गन्ध आएको र प्राविधिक परीक्षणका लागि फर्काएको एअरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिनुभयो । श्री एअरलाइन्सकाअनुसार जाँचका क्रममा एक यात्रुले साथमा झोल औषधि लगेको र त्याे वस्तु पोखिँदा इन्धनको जस्तै गन्ध आएको पाइएको छ ।

सेयर गर्नुहोस्