राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखहरूद्वारा शपथ

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले यही फागुन २८ … Read more

विश्वासको मत पाएसँगै देश र जनताप्रति थप जिम्मेवारीबोध भएको छः प्रधानमन्त्री

काठमाडाौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत पाएसँगै देश र जनताप्रति थप जिम्मेवारीबोध भएको बताएका छन्। विश्वासको मत प्राप्त गरेपछि बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्ने समेत बताए। यसअघि पनि विश्वासको मत दिएको भन्दै उनले नयाँ राजनीतिक समिकरणसहित … Read more

गृहमन्त्री लामिछानेले प्रहरीलाई भने–अपराध गर्नेलाई कारबाही गर्न कसैको आदेश कुर्नुपर्दैन

चितवन: गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्ने जो कोहिलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् ।सामाजिक सञ्जालमा लेख्दै लामिछानेले कानुनी राज्य भनेको के हो भनेर देखाइदिन पनि प्रहरीलाई आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘देशभरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल : देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम … Read more

रक्सीले मातेका चालकले पुलबाट कार खसालेपछि..

दाङ:  रक्सीले मातेका एक चालकले दाङको घोराहीमा आफूले चलाइरहेको कार पुलबाट तल खसालेका छन्। घोराही लमही सडक खण्डअन्तर्गत कटुवा खोला पुलबाट सोमबार राति साढे ९ बजेतिर बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्बरको कार तल खसेको थियो। दुर्घटनामा कार चालक ललितपुर महानगरपालिका १५ बस्ने ४२ वर्षीय उज्ज्वल केसी घाइते भएका छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर … Read more

कर्णाली पुुलमा आवागमन बन्दः आगलागीबाट ‘सपोट’ डोरीमा आंशिक क्षति

कैलाली: सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ । पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर … Read more

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, माओवादीका दाहाल र कांग्रेसका शर्मा मैदानमा

काठमाडौं। राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुँदैछ। संसद सचिवालयले हिजो सार्बजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बीच प्रतिस्पर्धा हुँदैछ। दाहाल राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाका संयुक्त उम्मेदवार हुन्। सत्ता गठबन्धनबीच फागुन २१ मा भएको आठ … Read more

नीर शाह नेपाल सांस्कृतिक महासंघको सल्लाहकार मनोनीत

काठमाडौँ: वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह नेपाल सांस्कृतिक महासंघको सल्लाहकार मनोनीत भएका छन् । नेपाल सांस्कृतिक महासंघको केन्द्रीय समितिको सोमबार बसेको बैठकले शाहलाई सल्लाहकारमा मनोनीत गरेको हो । महासंघका अध्यक्ष तीर्थ थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय डिल्लीबजारमा बसेको बैठकले संघको विधान संशोधन तथा परिमार्जन गर्ने, आगामी भदौ मसान्तभित्र महाधिवेशन गर्ने, लोकप्रिय लोकगायक बिमलराज क्षेत्रीको मेचीमहाकाली … Read more

इलाम २ मा उम्मेदवारी दिने रास्वपाको निर्णय

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ। सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले इलाम २ मा हुन लागेको उपनिर्वाचनमा भाग दिन दल दर्ता गर्ने र पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए। त्यस्तै प्रदेश सभाका लागि बझाङमा हुने … Read more

राष्ट्रपतिद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौं।। राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्। नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्बो ल्होसार’ का अवसरमा आज शुभकामना दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएकाे उल्लेख गरेका छन्। राष्ट्रपति पाैडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच … Read more

राष्ट्रियसभा अध्यक्षमा माओवादीबाट चितवनका नारायण दाहाल उम्मेदवार

चितवन: नेकपा माओवादी केन्द्रले चितवनका नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली कांग्रेसले भने … Read more