नवलपुरमा बाघ मारेर गाडेको अवस्थामा भेटियो

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका– १५ को नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको छ। रोयल बेंगल टाइगर प्रजातिको भाले वयस्क बाघ मृत फेला परेको चोरमारा रेन्जपोस्टका वन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिए। उनका अनुसार पूर्व-पश्चिम सडकबाट ५ सय मिटर दक्षिण, अरुणखोला बजारबाट १ किलोमिटर पूर्व, हर्बासटार गाउँबाट डेढ किलोमिटर उत्तरमा बाघ भेटिएको … Read more

आजदेखि नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द नहुने

नारायणगढ। दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ ।ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड(नारायणगढ–मुग्लिन)का … Read more

मधेशी जनताको समृद्धि बिना देशको समृद्धि सम्भव छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताएका छन्। धनुषाको सबैला नगरपालिका–४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिका–५ चिकना जोड्ने पक्की पुलको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाएका हुन्। आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर … Read more

भरतपुर भ्रमणवर्ष २०८० को तयारी तीब्र, उद्घाटनका दिन ५० हजार सहभागि गराउने लक्ष्य

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटनको दिन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ। भरतपुर महानगरका जनप्रतिनिधि ,कर्मचारीहरु र बिभिन्न समितिले भ्रमण बर्षको उद्घाटनका लागि दिनरात तयारी गरिरहेका छन्। भ्रमण बर्षको यहि फागुन १८ गते नारायणी नदी किनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच उद्घाटन गर्ने नगर प्रमुख रेनु … Read more

सरकारी जग्गा हडपेको विवरण सङ्कलन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन नदिन देशभरका प्रशासन कार्यालयलाई उक्त निर्देशन दिइएको राससलाई जानकारी दिए। उनले पूर्ववत् सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी कायम गर्ने प्रयोजनका लागि सोसम्बन्धी … Read more

विद्युत् निर्यात गर्न बंगलादेशसँगको वार्ता सकारात्मक

काठमाडौं। नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीचको विद्युत् बिक्री बार्ता सकारात्मकरुपमा अगाडि बढेको छ। आगामी वर्षायामदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी प्राधिकरण र बिपिडिबीबीच सहमति भएको छ। दुबै पक्षबीच जतिसक्दो छिटो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबी अन्तर्गतको बोलपत्र मूल्यांकन समितिबीच … Read more

शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता : उपकुलपति बराल

कीर्तिपुर। त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले पदबहाली गरेका छन्। आज साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन्। पदबहालीपछि उपकुलपति प्रा डा बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताए। ‘त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो। यहाँ धेरै काम गर्नुपर्नेछ’, उनले भने। शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा … Read more

फोर्ब्स कलेजमा भएको कुलिनरीतर्फ इडन गार्डेन र पावरपोइन्टतर्फ अक्सफोर्डलाई उपाधि

भरतपुर । चितवनको भरतपुरमा रहेको फोर्ब्स कलेजले आयोजना गरेको तेस्रो संस्करणको अन्तर कलेज कुलिनरी र पावरपोइन्ट प्रतियोगिताको कुलिनरी विधामा भरतपुर–१० को इडन गार्डेन माध्यमिक विद्यालय पहिलो भएको छ । कुलिनरी विधामा पहिलो भएको इडन गार्डेन माविले उपाधिसहित १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको फेब्र्स कलेजका प्रिन्सिपल हरिशरण पाठकले जानकारी दिनुभयो । पाठकका अनुसार प्रतियोगितामा सरस्वती … Read more

कांग्रेस महासमिति बैठक सम्पन्न, चार प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं। चार वटा प्रस्तावहरु सर्वसम्मत पारित गर्दै नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएको छ। महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेश गर्नुभएको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावका साथै लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएको हो। चार वटै … Read more

चन्द्रागिरीमा हिउँ पर्‍यो (फोटोफिचर)

काठमाडौं। काठमाडौंको चन्द्रागिरीमा हिँउ परेको छ। बिहिबार साँझ राजधानीमा वर्षा भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो। वर्षासँगै काठमाडौंमा चिसो पनि बढेको छ। उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौंको उत्तरी भेग आसपासमा पानी परिरहेको छ। महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ। मौसमविद शान्ति कँडेलका अनुसार अहिले देशभर … Read more