राष्ट्रपतिद्वारा गायिका पौडेलको सम्मान

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले इंडियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्। राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन्। राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए। उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए।

चितवन ट्राफिक प्रहरीद्वारा दुर्घटना न्यूनीकरण गर्न यान्त्रिक परीक्षण तथा स्वास्थ्य शिविर

चितवन ।  चितवनमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण तथा स्वास्थ्य शिविर सुरूआत गरेको छ । बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक … Read more

भ्यालेन्टाइन ‘डे’ लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ

चितवन । भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् । १८औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका हुन् । मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको सौराहा भूकम्प, नाकाबन्दी, सडक समस्या र कोरोना माहामारीलगायत कारण सुस्ताएको थियो । पछिल्लो समय … Read more

टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच

चितवन। जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि टिकौली जङ्गल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ । मध्यवर्ती र वरण्डाभार क्षेत्रको बीचमा पर्ने जैैविक कोरिडोरसमेत रहेको सो क्षेत्रमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले ट्राफिक सप्ताह २०८० को अवसरमा राजमार्ग क्षेत्रका सडकमा चेकजाँच थालेको हो … Read more

ब्रम्हपुर स्कुलले मनायो ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

चितवन। भरतपुर–१६ मा रहेको आधारभूत विद्यालय ब्रम्हपुरले ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले आइतबार विद्यार्थीबीच नृत्य प्रतियोगिता, पुरस्कार वितरण सहित विविध कार्यक्रम गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्दीप सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कक्षा १ देखि ८ सम्म सञ्चालित विद्यालयमा तीन सय १० … Read more

मेयर हर्क साम्पाङले भने- अब चाँडै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्छु

सुनसरी। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले नगर प्रमुखको कार्यकक्षबाट आफैँले हटाएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर चाँडै आफूले राख्ने बताएका छन् । आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री अशोककुमार राई प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथि मेयर साम्पाङले भने, … Read more

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा, विमानस्थलमा भव्य स्वागत

चितवन। पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा आएका छन्। पूर्व राजा शाह ११ दिन बस्ने गरी पूर्वरानी कोमल लक्ष्मी शाह लगायत परिवारका सदस्यसहित चितवन आएका हुन्। चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राजपरिवार चितवन आएको हो। पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । पूर्व राजालाई विमानस्थल बाहिर निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। पूर्व राजा … Read more

सौराहामा प्रणय दिबस लक्षित १८औं फुड फेष्टिबल सुरु

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि प्रणय दिबस लक्षित १८औं सौराहा फूड फेस्टिबल सुरु भएकाे छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना गरेकाे साे फेस्टिवलकाे प्रतिनिधि सभाका सांसद हरि ढकालले उद्घाटन गरेका छन् । साे अबसरमा उनले साैराहाकाे पर्यटन विकासमा सरकारले ध्यान नदिएकाे बताएका छन् । सांसद ढकालले साैराहाकाे पर्यटनलाई … Read more

‘विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्’

चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताउनुभएको छ । छ वटा रोटरी क्लबले शनिबारदेखि भरतपुरमा शुरु गरेको कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेशका विभिन्न जिल्लाका लागि मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गरे पनि पाउन नसकिएको बताउनुभएको हो । उहाँले मन्त्रालयले विशेषज्ञ चिकित्सक माग … Read more

सङ्क्रमणकालीन न्यायको विषय प्रक्रियामै गएर टुङ्ग्याउनुपर्छ: सांसद लेखक

महेन्द्रनगर। सांसदहरू कानुन निर्माणमा भन्दा निर्वाचन क्षेत्रको विकासमा बढी केन्द्रित हुने गरेका छन्। हामीले चुनावमा जाँदा मतदातामाझ कानुन तथा नीतिका कुरा नभएर विकासका मुद्दा अघि सारेर चुनाव लड्ने गरेका छौँ । सबै सांसदको समस्या यही हो । चुनावमा जाँदा जनताले विकासका कुरामात्र गर्छन् । हामी पनि उनीहरूसँग विकासको प्रतिबद्धता बढी मात्रामा व्यक्त गरिरहेका हुन्छौँ । … Read more