अख्तियारको भ्रष्टचार र अनियमितता छानबिनमा सरकारले हस्तक्षेप गर्दैनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, … Read more

सहमतिपछि बिपी प्रतिष्ठानको आन्दोलन टुङ्गियो

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ। आज प्रतिष्ठान व्यवस्थापन र आन्दोलनरत शिक्षक तथा कर्मचारी कल्याण समाजबीच छ बुँदे सहमतिपछि विगत २७ दिनदेखि जारी आन्दोलन टुङ्गिएको हो। सहमतिअनुसार आन्दोलनरत शिक्षक, कर्मचारी तथा चिकित्सक भोलिदेखि नियमित काममा फर्कने छन्। दुवै पक्षबीच रोकिएको बढुवा प्रक्रिया अगाडि बढाएर आगामी फागुन … Read more

परिवर्तनका पक्षधरलाई गोलबन्द हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबन्द हुनुपर्ने बताएका छन्। राष्ट्रिय सोनाम ल्होछारका अवसरमा आज टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा उनले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताए। ‘म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान … Read more

माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठकमा पार्टी रुपान्तरण अभियानको समिक्षा गर्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा समिक्षा गर्ने भएको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले आइतबारबाट सुरु हुने केन्द्रीय कमिटीमा उक्त अभियानमा बारेमा विस्तृत समिक्षा गर्ने निर्णय गरेको हो। केन्द्रीय कमिटीको पहिलो दिन अभियानको समिक्षा र दोश्रो दिन विधानका बारेमा छलफल हुने माओवादी प्रवक्ता अग्नि … Read more

चितवनमा बस दुर्घटना : २० जना घाइते, दुईको अवस्था गम्भीर

चितवन । चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश … Read more

आज सोनाम ल्होसार हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं। आज माघ शुक्ल प्रतिपदा-तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन्। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई … Read more

किन बन्द गरिँदैछ गोपीकृष्ण हल ?

फिल्म प्रदर्शनको गर्विलो इतिहास बोकेको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण हल आगामी फागुन १ गतेदेखि बन्द हुने भएको छ । कोरोनाको समयदेखि बेहोर्नुपरेको आर्थिक घाटाका कारण हल बन्द गर्ने निर्णयमा पुगेको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक नीरक पौडेलले विज्ञप्तिमार्फत् जनाएका छन् । हल सधैंका लागि बन्द गरिएको हो वा सीमित समयका लागि, त्यो भने खुलाइएको छैन । शुक्रबार … Read more

आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुनेछ : प्रधानमन्त्री दाहाल

नुवाकोट। प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले  आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन्। आठौं नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पारे। राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले  परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताउनुभयो । उहाँले … Read more

नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी

चितवन । राष्ट्रिय चिया तथा कफी बोर्डको आयोजनामा नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी तथा ‘टि टेस्टिङ’ गरिएको छ । शनिबारसम्म चल्ने प्रदर्शनीले नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउन सहयोग पुग्ने लक्ष्य लिइएको छ । कृषि तथा पशु विकासमन्त्री डा वदुराम भुषालले उक्त प्रदर्शनी शुभारम्भ गर्दै विगतमा देशको सम्बृद्धिका लागि कृषिमा जुन प्रकारको विकास … Read more

कृत्रिम हातखुट्टा उपलब्ध गराउन भरतपुरमा रोटरी क्लबको १५ दिने शिविर

चितवन। यहाँका रोटरी क्लबहरुले हात खुट्टा नभएकाहरुलाई कृत्रिम हातखुट्टा उपलब्ध गराउने भएका छन् । चितवन, गैंडाकोट र वीरगञ्जका रोटरी क्लबहरुले चितवनमा १५ दिनसम्म शिविर सञ्चालन गरेर हातखुट्टा उपलब्ध गराउन लागेका हुन् । भरतपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी यस सम्बन्धी जानकारी दिईएको छ । रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ नारायणगढ, रोटरी … Read more