बागमती एमाले दलको बैठक काठमाडौँमा, समर्थन फिर्ताबारे निर्णय गर्ने

काठमाडौँ । मुख्यमन्त्रीसँग खटपट परेपछि नेकपा एमाले बागमती प्रदेश सरकारबाट फिर्ता हुने भएको छ । त्यसका लागि औपचारिक निर्णय गर्न नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौँमा बसिरहेको छ । बैठकले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गर्ने नेताहरूले बताएका छन् । ‘काठमाडौँको कोटेश्वरमा बैठक जारी छ, विभिन्न विषयमा छलफल … Read more

पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । साउने सोमबारका अवसरमा पशुपतिनाथको सहज रूपमा दर्शन गर्न बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल … Read more

सीमा अवलोकनका लागि जेनजी अभियन्ताहरु सुस्ता प्रस्थान

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू नेपाल–भारत सीमा क्षेत्र सुस्ताको अवस्था अध्ययन तथा अवलोकनका लागि नवलपरासी (पश्चिम) प्रस्थान गरेका छन्। अभियानका अनुसार टोलीमा अजय सोडारी, सुजन पौडेल, सुप्रिया नेपाली, सुनिल विक, प्रकाश बम र विकास साही सहभागी छन्। अभियानले सुस्तामा लामो समयदेखि सीमा विवाद रहेको र स्थानीयको जनजीवन तथा सीमा सुरक्षाको अवस्थाबारे प्रत्यक्ष अध्ययन … Read more

अमेरिकामा एन्ड्र्यु टेट र उनका भाइ ट्रिस्टन पक्राउ

वाशिङ्टन । बेलायतमा थप आपराधिक अभियोग दर्ता भएपछि सामाजिक सञ्जालका चर्चित व्यक्तित्व एन्ड्र्यु टेट र उनका भाइ ट्रिस्टन टेटलाई अमेरिकामा पक्राउ गरिएको छ । अमेरिकी मार्शल सेवाले दुवैलाई हिरासतमा लिएको पुष्टि गरेको छ । अमेरिकी न्याय मन्त्रालयका एक प्रवक्ताका अनुसार उनीहरूलाई बेलायतमा सुपुर्दगी गर्ने कानुनी प्रक्रियाअन्तर्गत पक्राउ गरिएको हो । बेलायतको क्राउन प्रोसिक्युसन सर्भिस (सीपीएस)का अनुसार … Read more

डेढ घण्टापछि चल्न थाल्यो फेसबुक

काठमाडौँ । करिब डेढ घण्टा अवरुद्ध बनेको मेटाका प्रमुख प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राम चल्न थालेको छ । नेपालमा आइतबार दिउँसो साढे १ देखि फेसबुक चलेको थिएन । डेस्कटपबाट फेसबुक लगइन गर्दा खुलेको थिएन भने कतिपयले एपबाट चाहिँ खुलेको बताएका थिए । दिउँसो ३ बजेपछि भने दुबै सामाजिक सञ्जाल चल्न थालेको हो । सुरुमा अमेरिकाबाट रिपोर्ट … Read more

इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक

वासिङ्टन । जोर्डनस्थित अमेरिकी सैन्य आधारमा भएको घातक आक्रमणले इरानले अझै पनि लामो दूरीका हतियार प्रयोग गर्ने रणनीति नत्यागेको सङ्केत दिएको एक सुरक्षा विश्लेषकले बताएका छन् । सीएनएनसँग कुरा गर्दै अमेरिकी वायुसेनाका अवकाशप्राप्त कर्णेल सेड्रिक लेटनले जोर्डनको अल–अजराक हवाई अड्डामा भएको आक्रमणले इरान अझै टाढासम्म प्रहार गर्न सक्ने क्षमतायुक्त हतियार प्रयोग गर्न इच्छुक रहेको देखाएको … Read more

जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने

काठमाडौँ । विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भई निर्माणका विभिन्न चरणमा पुगेका तर निर्धारित समयमा सञ्चालनमा आउन नसकेका जलविद्युत् आयोजनाहरूको म्याद थप हुने भएको छ । ऊर्जा उत्पादकहरूले लामो समयदेखि उठाउँदै आएको आरसीओडी (व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति) को म्याद थप गर्ने मागलाई सम्बोधन गर्न नेपाल विद्युत् प्राधिकरणले नयाँ कार्ययोजना अघि सारेको हो। गत असार ३२ … Read more

बाल सुधार गृहको अवस्था सुधार गर्न सांसद कर्णको माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद निनुकुमारी कर्णले देशका विभिन्न बाल सुधार गृहहरूको अवस्था दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । आज सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमिति’को प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेकी हुन् … Read more

बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद सरस्वती लामाले बाल सुधार गृहहरूलाई केवल थुन्ने ठाउँका रूपमा मात्र नभई पारिवारिक वातावरण र बाल मनोविज्ञान बुझ्ने दक्ष जनशक्तिको व्यवस्थापन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छिन् । आज सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद लामाले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकार … Read more

बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले मुलुकको फौजदारी न्याय प्रणालीले अपराधलाई घृणा गर्ने तर अपराधीलाई सुधार गर्ने नीति लिनुपर्नेमा जोड दिएका छन्। आज सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन’ माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । सांसद … Read more