साताको अन्तिम दिन आज सुन तोलाको ४ हजार रुपैयाँले घट्यो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार र चाँदी रु ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ३९० कायम भएको छ । हिजो बिहीबार छापावाल … Read more

प्रधानमन्त्रीको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे यस्तो विज्ञप्ति

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान गरेको र संसदीय परम्पराको बेवास्ता गरेको भन्दै पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन्।सांसद साम्पाङले प्रधानमन्त्री बालेन शाहमाथि संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको र जनताको सार्वभौम सदनलाई … Read more

२४ घण्टामै २ हजारभन्दा बढी चालक कारबाहीमा, झण्डै २० लाख राजस्व सङ्कलन

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार १ सय ४४ सवारीचालकमाथि कारबाही गरिएको छ । ट्राफिक प्रहरीले जनाएको अनुसार उक्त कारबाहीबाट १९ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो । मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९१ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १ सय ५१ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने … Read more

तनहुँको बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन् । लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सले बुधबार अस्पताललाई अस्पतालको प्रयोगशालामा आवश्यक पर्ने आधुनिक मेसिनहरू उपलब्ध गराएका हुन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब … Read more

नीति तथा कार्यक्रम पुरानै निरन्तरता मात्र भएको रामकुमारी झाँक्रीको टिप्पणी

राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गरेकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले हाल प्रस्तुत नीति तथा कार्यक्रममा केही बुँदा घटाएर पुरानै कार्यक्रमलाई दोहोर्याइएको भन्दै धेरै टिप्पणी गर्नुपर्ने विषय नरहेको बताइन् । उनले भनिन्, ‘अस्ति २१ गतेको निर्वाचनमा हाम्रा पार्टीलगायत पुराना … Read more

चितवनका दुईसहित १४ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधिसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन/तीन, मोरङ र चितवनबाट दुई/दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक/एक जना पक्राउ परेका हुन् । लागूऔषध ब्यूरोबाट परिचालित टोलीले उनीहरुका साथबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न … Read more

संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

विश्वमै दुर्लभ मानिएको नेपाल कै पहिलो र ४०० वर्ष पुरानो लिच्छवीकालीन चट्टान अभिलेख यतिखेर संरक्षणको पर्खाइमा रहेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित हललगाउँ र गाउँको भीरपाखा एवं खेतको डिलमा यत्रतत्र रहेको अवस्थामा फरकफरक १५ वटा ऐतिहासिक चट्टान अभिलेखको २०६७ पुसमा अन्वेषर्णकर्ता, संस्कृतिविद् एवं इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले पत्ता लगाउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘वर्षौं पहिलेदेखि … Read more

सडक दुर्घटना, सुकुमवासी र नागरिक सुविधाबारे राष्ट्रियसभामा बहस

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरण, सुकुमवासी व्यवस्थापन, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा नागरिक सुविधासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद कृष्णबहादुर रोकायले यही वैशाखमा रुकुम र अर्घाखाँचीमा भएका सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पहाडी क्षेत्रमा सडक सुरक्षा कमजोर हुनु, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति तथा प्रभावकारी अनुगमनको अभाव मुख्य समस्या … Read more

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधनको सूचना प्राप्त भएको व्यहोरा जानकारी गराउनुभयो । छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरुलेआफ्नो धारणा राखिरहनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा … Read more

हामीले सदमा प्रधानमन्त्रीको अनुहार होइन, जवाफदेहिता खोजेका हौंः सांसद ओली

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नको लागि नभई जवाफदेहीताको खोजी भएको बताएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली नभई निरन्तर संवादको अभ्यास भएको भन्दै सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नको लागि नभई जवाफदेहीताको खोजी भएको धारणा राखिन् । उनले भनिन्,‘लोकतन्त्र केवल चुनाव … Read more