दलभित्रको आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई कमजोर मजबुत बनाउँछः उपाध्यक्ष पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजनीतिक दलभित्र आन्तरिक प्रतिस्पर्धाले दललाई अझ मजबुत र सक्रिय बनाउने बताउनुभएको छ । आज यहाँ सेन्टर फर पब्लिक पोलिसी रिसर्च, नेपालद्वारा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवादमा उहाँले दलभित्र लोकतन्त्रको व्यवहारिक अभ्यास नभएसम्म सिङ्गो मुलुकमै लोकतान्त्रिक व्यवस्था प्रभावकारी नहुने धारणा व्यक्त गर्नुभयो । “दुई–चार जना नेताले इच्छाएको भरमा … Read more

रुपन्देही ३ उपनिर्वाचनका लागि नेकपा एसबाट सातजना सिफारिस

रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ । भुसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । … Read more

अवैध चोरीपैठारी र निकासी रोक्नका लागि समन्वय गरेर काम गर्नुपर्‍योः गृहमन्त्री लेखक

हमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । आज जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन … Read more

मनाङ १ (२) मा कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले मनाङ १ (२)० मा कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्तिमार्फत आयोगले मनाङ १ (२) का लागि निर्वाचन मिति तोकेको हो । सोहीदिन रूपन्देही–३ मा उपनिर्वाचन हुँदै छ । ०७९ को निर्वाचनबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको … Read more

भारत-चीनसँग दृढ भएर वार्ता गर्न प्रधानमन्त्रीलाई रास्वपाको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जानुअघि सीमाबारे सदनबाट साझा धारणा बनाउन माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले भने, ‘प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि यो सदनले सत्ता र प्रतिपक्ष भन्दा पनि माथि उठेर राष्ट्रिय सार्वभौमिकता र सीमाको पक्षमा सर्वसम्मत साझा धारणा बनाउन माग गर्दछु ।’ उनले सोही अवधारणकै आधारमा छिमेकी … Read more

सदनको अवरोध हटाउन सरकार र प्रतिपक्षीबीच संवाद नहुँदा चिन्तित छुः सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्‌मा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा गरिरहेको अवरोध हटाउन सरकारको तर्फबाट संवाद नभएको भन्दै ध्यानाकर्षण गराएका छन्। शुक्रबारको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उनले यसबारे ध्यानाकर्षण गराएका हुन्। ‘भिजिट भिसा प्रकरणको छानबिनलगायतका माग राखी लामो समयदेखि प्रतिपक्षी बेञ्चमा रहेका माननीय सदस्यज्यूहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन। यस सम्बन्धमा सहमतिका … Read more

नाउपा अध्यक्ष कायम भएपछि रञ्जिताले बोलाइन् पहिलोपटक बैठक

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठक बोलाएकी छन्। कान्तिपथको होटल एल्लो प्यागोडामा बस्ने गरी उनले यही भदौ १५ र १६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएकी हुन्। अध्यक्ष श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीति, विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोगमा पार्टीको विवरण अध्यावधिक गर्ने विषयमा छलफल हुनेछ। … Read more

प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने

प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ १४ गते चीन जाने तय भएको छ । उनी सांघाई सहयोग संगठन (एससीओ)को २५औँ शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् । सांघाई सहयोग संगठनको शिखर सम्मेलन भदौ १५ देखि १६ सम्म चीनको तियानजिनमा हुँदै छ । सम्मेलनमा संगठनका सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरू सहभागी हुनेछन् ।  

रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफ्नो रिहाइको माग गर्दै दिएको निवेदनमाथि आज सुनुवाइ हुँदैछ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश सागर विष्टको इजलासमा उक्त निवेदनको पेसी परेको छ। रुपन्देही अदालतले रिहा नगरेपछि यही भदौ ९ गते उनले उच्च अदालतमा निवेदन दिएका थिए।  

मुलुकको सार्वभौमिकताको रक्षाका लागि पहलकदमी गर्न अध्यक्ष नेपालद्वारा आग्रह

नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सार्वभौमिकता, भूगोलको रक्षाका लागि आवश्यक सबैखाले पहलकदमी लिन सरकारलाई आग्रह गर्नुभएको छ । पार्टीको चौथो स्थापना दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उहाँले देशको सार्वभौमिकता रक्षाका लागि सम्बन्धित पक्षलाई सबैको सहकार्य र समन्वयबाट दबाब दिनुपर्ने बताउँदै नेपाली भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरूलाई समेत आह्वान … Read more