सुदनले भनेः निर्वाचनमा जेनजी पुस्ताले नयाँ पार्टी खोलेर भाग लिन्छ

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन जेनजी पुस्ताले नयाँ पार्टी खोलेर भाग लिने जेनजी अभियानी सुदन गुरूङले बताएका छन्। प्राइम टिभीका पत्रकार ऋषि धमलासँग उनले उक्त निर्वाचनमा नयाँ पार्टीले भाग लिने बताएपनि पार्टीको नाम भने बताएका छैनन् । सुदनले भनेका छन्, ‘लिन्छ, देखाउनुपर्छ हामीले कस्तो हिसाबमा नयाँ नेपाल बनाउन … Read more

प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन, के भयो कुराकानी ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए । ‘आन्दोलनले उठाएको विषयमा छलफल भएको हो । कामको विषयमा भन्दा पनि अनौपचारिक जस्तो … Read more

रास्वपाको प्रष्टीकरणः नख्खु कारागारले नै पटकपटक आग्रह गरेपछि रविलाई जिम्मा लिएका हौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नख्खु कारागारबाट पटकपटक फोन आएपछि सभापति रवि लामिछानेलाई जिम्मा लिएको प्रष्टीकरण दिएको छ । सभापति लामिछानेलाई पार्टी सभापति रवि लामिछाने २४ भदौमा निस्कनका लागि कारागार प्रशासनले नै पटकपटक फोन गरेर आग्रह गरेको बताएको छ । मंगलबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनले जिम्मा लिन … Read more

लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्रको रक्षाका लागि पार्टी एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले आज आफ्नो निवासमा पत्रकार सम्मेलन गरी जेनजीको प्रदर्शनका क्रममा घुसपैठ गर्ने केही समूहले लोकतान्त्रिक मूल्यमान्यताप्रति आक्रमण गर्न खोजेको आरोप लगाउनुभयो । “संसद् नभए पनि हामीले यसको विरोध गरेका छैनौँ, तथापि यो संविधानसम्मत बाटोबाट अगाडि बढ्नुपर्छ, संसद् भएरै पनि … Read more

‘पार्टी नेता, कार्यकर्ताबाट रु १० सहयोग उठाएर कांग्रेसका पार्टी कार्यालय पुनःनिर्माण गर्छौं’ : कांग्रेस उपसभापति धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट रु १० का दरले सहयोग उठाएर पार्टी केन्द्रीय कार्यालयको पुनर्निर्माण गर्नुपर्ने बताउनुभएको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएको पार्टी कार्यालयको अवस्था बुझ्दै उहाँले पार्टीको कार्यालय पुनःनिर्माणका लागि सहयोग अभियानमा जुट्न पनि आह्वान गर्नुभयो । उपसभापति धनराज गुरुङले अब सबै कार्यकर्ताको अपनत्व हुने गरी पार्टी कार्यालयलाई निर्माण … Read more

‘संविधानलाई कमजोर बनाउन दिने छैनौँ’ : एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बलिदानीबाट प्राप्त भएको संविधानलाई कमजोर बनाउन नदिइने बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले संविधान मान्दैनौँ भन्दै विभिन्न गतिविधि हुनसक्ने भन्दै एमाले त्यसको रक्षाका लागि उभिने बताउनुभयो । “हामी जनताको बलिदानीबाट प्राप्त गरेको संविधानलाई कमजोर हुन दिने छैनौँ … Read more

एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले कांग्रेस पार्टी कार्यालयको अवलोकन गर्नुभएको छ । आज बिहान ‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएको कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर उहाँहरूले आवश्यक जानकारी लिनुभएको हो । उपाध्यक्षद्वय गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरालगायत नेताहरू अवलकनमा जानुभएको थियो । उहाँहरूलाई … Read more

कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलोपटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको हो । उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसिरहेको बैठकमा पार्टीका पदाधिकारीसहितका नेताहरू सहभागी हुनुहुन्छ । बैठकमा पदाधिकारीहरूले पछिल्लो विकसित घटनाक्रम, जनजीविका र राजनीतिक विषयमा आधारित रहेर … Read more

सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र ९आइसियु०मा खनाल–पत्नी चित्रकारको उपचार भइरहेको छ । घाइते चित्रकारको उपचारका क्रममा नेतृत्व गरिरहनुभएका जलनविज्ञ डा कीरण नकर्मीले भन्नुभयो, … Read more

चुनावी तयारीमा लाग्न माओवादीको निर्देशन

माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको तयारीमा लाग्न तल्लो समितिलाई निर्देशन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन २१ मा निर्वाचनको घोषणा गरेपछि माओवादीले चुनावी तयारीमा लाग्न निर्देशन दिएको हो । उसले चुनावमा जान औपचारिक निर्णय नगरे पनि अध्यक्ष दाहालले सातै प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्षहरूलाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन् । ‘चुनाव घोषणा … Read more