राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन्, तर सामना गर्नुको विकल्प छैन :शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज बिहान सामाजिक सञ्जालमार्फत निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य बढेर गएको बताएका छन्। उनले  सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ। ‘राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन्, तर सामना गर्नुको विकल्प छैन।’

माओवादी बैठकमा दाहालको ‘ब्रिफिङ’: चुनावमा जाने विषयमा आमसहमति छ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्राकृतिक विपद्बाट पूर्वी नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले विपद्पछिको पुनर्निर्माणमा एकजुट भएर लाग्न सबैमा आह्वान गरेको हो । बैठकले विपद् प्रतिकार्यमा खटिइएका पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएको प्रवक्ता … Read more

गण्डकीका मुख्यमन्त्री पाण्डे निवासमा फेरि आगजनी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा गएराति फेरि आगजनी भएको छ। गएराति साढे २ बजेतिर अज्ञात व्यक्तिहरूको समूहले निवासमा प्रवेश गरेर आगो लगाएको हो । आगजनीबाट घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उक्त घरमा आगजनी भएको थियो । पूर्णरुपमा जल्न नपाएको उक्त घरमा गएराति अर्को समूह प्रवेश … Read more

हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई९हर्क साम्पाङ०ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खुलेको छ। ‘श्रम संस्कृति पार्टी’को नाम दिएर साम्पाङले यसै महिना आयोगमा निवेदन दिइसकेका छन्। ‘हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको छ,’ आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिँदै भने, ‘दर्ता चाहिँ भइसकेको छैन। आयोग जाँचबुझ … Read more

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवद्र्धन र संवद्र्धन अपरिहार्य भएको बताउनुभएको छ । ४६ औँ विश्व पर्यटन दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण … Read more

हाहु सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्दैनौँः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफू विदेश भाग्नेकुरा अफवाह मात्रै भएको बताएका छन्। एमालेनिकट युवा संघले भक्तपुरको गुन्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘अहिले सुनिरहेको छु सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ। पासपोर्ट रोक्ने, के ठानेको छ?,’ ओलीले प्रश्न गर्दै अगाडि … Read more

अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिनुभएको हो । मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त हुनुभएका शर्माले आजै कार्यभार सम्हाल्नुहुनेछ । रासस

माओवादी बैठकमा नेताहरूको प्रस्तावबारे समूहको सुझाव सुनेपछि प्रचण्डले जवाफ दिने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौँ पूर्ण बैठक दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा आज जारि छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्तावमा छलफल हुँदैछ । त्यसैगरि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरूमाथि विभिन्न टोलीका नेताहरू र बाँकी पदाधिकारीले धारणा राख्ने क्रम जारी रहेको … Read more

कर्मचारीमा पनि जेनजीका नाममा आन्दोलन गर्ने तयारी

सार्वजनिक प्रशासन रूपान्तरणका नाममा निजामती कर्मचारीमा पनि जेनजी आन्दोलन छिराउन खोजेपछि राजनीतिक दलनिकट ट्रेड युनियनहरू सक्रिय भएका छन् । कुलिङ पिरियडविरुद्ध जुलुस गर्दै हिँडेको आरोपमा मुख्यसचिव एकनारायण अर्यालसहित कर्मचारी नेतृत्वको बर्खास्तगी र राजीनामा माग्न थालिएपछि निजामती कर्मचारीमा क्रियाशील दलनिकट ट्रेड युनियनहरू जुटेका हुन् । दलनिकट आधा दर्जनबढी ट्रेड युनियनहरूले मुख्यसचिव अर्याललाई ज्ञापनपत्र बुझाउँदै त्यस्ता गतिविधिमा … Read more

राष्ट्रपति र प्रधानमन्त्रीबीच फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीति, फागुन २१ मे तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।