‘केपी बा’लाई ३ दिनभित्र शानदार ढंगले गृहप्रवेश गराउँछौँः महेश बस्नेत

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ३ दिनभित्र घर भित्र्याउने तयारी भइरहेको एमालेले जनाएको छ । एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमार्फत ओलीलाई शानदार ढंगले गृह प्रवेश गराउने तयारी भएको दाबी गरेका हुन् । बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी ३ दिनभित्र प्रधानमन्त्री केपी बालाई हजारौँ जनसमुदायको उपस्थितिमा भव्य र शानदार ढंगले गृहप्रवेश … Read more

२ दिनभित्र काठमाडौंमा १० हजारको जुलुस गर्छौं, एमाले पुरानै अवस्थामा फर्कियोः महेश बस्नेत

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एक/दुई दिन भित्र काठमाडौंमा १० हजार युवाको जुलुस गर्ने बताएका छन् । उनले एमाले पुरानै अवस्थाका फर्किएको पनि उद्‌घोष गरे । जेनजी आन्दोलनपछि जलेको पार्टी कार्यालयमा मंगलबार युवा संघले आयोजना गरेको कार्यक्रममा बस्नेतले दुई दिन भित्र राजधानीमा १० हजार युवाको जुलुस गर्न लागेको बताएका हुन् । ‘भोलि या पर्सीमा … Read more

नियमित काममा फर्किए प्रचण्ड र माधव नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको नियन्त्रणमा राखिएका माओवादी केन्द्रका अध्यक्षप्रचण्ड र समाजवादीका अध्यक्ष नेपाल नियमित काममा फर्किएका हुन् । प्रचण्डले जलेको केन्द्रीय मुख्यालय पेरिसडाडाँको आज अनुगमन गरेका छन् । माधव नेपालले हिजै केन्द्रीय कार्यालय आलोकनगर सहित … Read more

प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल जानुभएको छ । प्रधानमन्त्री कार्कीले आज तिलगङ्गा पुगी आँखाको नियमित जाँच गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वरिष्ठ नेत्रविशेषज्ञ डा सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गर्नुभएको अस्पताल व्यवस्थापनले जनाएको छ । आँखाको उपचारका क्रममा तीन महिनाअघि उहाँको मोतिबिन्दु (आँखाको नानीमा जालो पर्ने एक रोग) … Read more

मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्री नियुक्त गरे लगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक आज बोलाएकी छिन्। दिउँसो ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको हो। त्यसअघि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुले बैठकका एजेन्डामा गृहकार्य गर्ने छन्। आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शपथ गराएका … Read more

गोकुल बास्कोटाले भने- पार्टी पुनर्गठन गरौँ

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पार्टी पुनर्गठनको माग गरेका छन् । सोमबार (भदौ ३०) सामाजिक सञ्जालमार्फत उनले छिटै सुविचारित निर्णयको माग गरेका हुन् । “अरू क्षति रोक्न, जे भो भो । हैन, किन भो ? कसरी भो र अब के कसरी कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौँ,” बास्कोटाले भनेका छन् … Read more

लुटपाटमा पार्टी सदस्य संलग्न देखिए प्रशासनलाई सहयोग गर्छौँः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धाक–धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन अनुरोध गरेको छ। रास्वपाले आवश्यक कानूनी कारबाही गर्न सहयोग गर्ने स्पष्ट पारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, मधेश प्रदेश कार्यालयका सहमहामन्त्री तथा संगठन विभाग प्रमुख गणेश धिमालले एक विज्ञप्ति जारी गर्दै जेन–जी पुस्ताको आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न … Read more

सुमनाले छोडिन् रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’

प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई

पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकामा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाउनुभएको शुभकामना सन्देशमा नेपाली जनताको … Read more

प्रधानमन्त्री कार्कीलाई नेता यादवको शुभकामना

प्रथम महिला प्रधानमन्त्रीका रुपमा श्रीमती सुशीला कार्की नियुक्त हुनुभएकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गर्नुभएको छ । नेता यादवले आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा सङ्घीयता, लोकतन्त्र र गणतन्त्रका उपलब्धिको रक्षा गर्दै विधिको शासन स्थापित हुने विश्वास व्यक्त गर्नुभएको छ । साथै नेता … Read more