स्वर्गीय मिश्रको सालिक निर्माणमा अवरोध नगर्न कांग्रेस नेता निधिको आग्रह

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका स्वर्गीय रामनारायण मिश्रको सालिक निर्माणमा अवरोध नगर्न आग्रह गर्नुभएको छ । आज जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै उहाँले जहाँनिया शासनको अन्त्य र प्रजातन्त्र ल्याउन गरेको सङ्घर्षको स्मरण गर्दै स्व मिश्रको सालिक निर्माण रोक्ने कार्य कुनै पनि हालतमा राम्रो नभएको बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिका-४ स्थित … Read more

कसरी अघि बढ्ला रविबिनाको रास्वपा ?

स्थापनाको छोटो समयमै उचाइ लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले संकटमा परेको छ । पाँचवटा जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ मा थुनामा पठाउन आदेश दिएपछि रास्वपा संकटमा परेको हो । उच्चले आदेश दिएको केही घण्टामै शुक्रबार राति साढे ७ बजे लामिछानेलाई प्रहरीले घरबाटै पक्राउ ग¥यो … Read more

रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । कार्यवाहक महासचिव कवीन्द्र बुर्लाकोटी, पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारलगायत रास्वपाका नेता बुधबार आयोगको कार्यालय पुगेर ध्यानाकर्षण गराएका हुन् । “राज्य संयन्त्रले गरेको यो कदम अर्को नागरिकलाई कहिल्यै नहोस्, हामी त्यो कामना गर्छौं । … Read more

अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न संस्कृति मन्त्रालयको आह्वान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्नका लागि आवेदन आह्वान गरेको छ । अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१ को दफा ९ बमोजिम सूचीकरण गर्न चाहने व्यक्ति, समुदाय वा संस्थाले सात प्रकारका कागजात तथा प्रमाण संलग्न गरी संस्कृति महाशाखामा आवेदन दिन आह्वान गरिएको मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले राससलाई … Read more

बालेन शाहको निर्देशन विरूद्ध गएर गुरागाईंलाई कार्यालय प्रवेश गराएका वडाध्यक्षहरू के भन्छन्?

काठमाडौं महानगरपालिकाका वडाध्यक्ष र कर्मचारीहरूले मेयर बालेन शाहको निर्देशनविरूद्ध गएर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिहीबार महानगर कार्यालय प्रवेश गराएका छन्। मेयर शाहको निर्देशनअनुरूप गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन महानगर कार्यालय परिसरमा नगर प्रहरीहरूको टोली परिचालन गरिएको थियो। वडाध्यक्ष र कर्मचारीहरूले भने नगर प्रहरीसँग ठेलमठेल गर्दै गुरागाईंलाई कार्यालय परिसरबाट कार्यकक्षसम्म पुर्‍याए। यसमा उपमेयर सुनीता डंगोलको पनि साथ र … Read more

०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्ने बताएका छन् । राज्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले थपे, ‘मैले त हाम्रो सभापतिलाई अब प्रधानमन्त्री बन्नुहुन्न भनिरहेको छु। ०८४ पछि तीन वटै नेताहरूले (देउवा, ओली र प्रचण्ड) ले नेतृत्व गर्ने होइन। उहाँहरुपछिकाले नेतृत्व गर्ने … Read more

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गर्दै

प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमण जाँदैछन् । दिउँसो साढे १२ बजे उनी थाइल्याण्ड प्रस्थान गर्नेछन् ।बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड जान लागेका हुन् । बिमस्टेक शिखर सम्मेलन सकाएर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो साढे १२ बजे थाइल्याण्डका लागि प्रस्थान गर्नेछ । नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण ६५ … Read more

गणतन्त्रवादी दलहरुलाई रविले के भने ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको सक्रिय भूमिकामा फर्किएका छन् । आज उनलाई पार्टी कार्यालयमा नेता कार्यकर्ताले न्यानो स्वागत गरेका हुन् । कार्यालय पुगेका लामिछानेले बैठकमा बस्नुपुर्व सबैलाई एकमुष्ट सम्वोधन गर्दै रास्वपा राजसंस्था कि गणतन्त्रको पक्षमा उभिन्छ भन्ने प्रश्नलाई लामिछानेले प्रतिकात्मक जवाफ दिएका छन् । उनले भने, ‘तपाईंहरु जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन … Read more

आज दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्अन्तर्गतका दुवै सदनको आज बैठक बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभामा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस … Read more

गलत सूचना फैलाएको आरोपमा दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । उक्त उजुरी शुक्रबार ब्युरोमा दर्ता भएको छ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको आरोप प्रसाईमाथि छ । उजुरीमा दुर्गा प्रसाईका अनलाइन अभिव्यक्ति तथा गतिविधिको छानबिन गर्न, नेपाल साइबर अपराध ऐन … Read more