रवि लामिछानेलाई पक्राउ गर्न खोजिए विपक्षी दलले प्रतिवाद गर्ने

काठमाडौँ प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विषयमा  छलफल भएको छ । बैठकमा सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार सरकार प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा लागेको निष्कर्ष बैठकले निकालेको छ । … Read more

प्रचण्डले बोलाएको विपक्षी दलको बैठक जारी, महन्थ ठाकुर पनि सहभागी

काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’को आह्वानमा विपक्षी दलको बैठक बसेको छ । वानेश्वरमा बैठक बसिरहेको हो । जारी बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलका नेताहरु उपस्थित छन् । बैठकमा सरकारमा सहभागी दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् । बैठकमा समसामयिक राजनीतिक … Read more

तीन दल बैठकः शान्तिप्रक्रियाको काम तत्काल अघि बढाउने

काठमाडौँ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठकमा शान्ति प्रक्रियाको थप कामलाई अघि बढाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकमा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको, शान्ति प्रक्रियाको भावना र कानुनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिलाई पदाधिकारी बनाउनुपर्ने विषयमा छलफल भएको … Read more

दलबीच सहमति : शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’ लाई पूर्णता दिइने

काठमाडाैं प्रमुख दलबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनका लागि तत्काल सर्च कमिटीलाई पूर्णता दिने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकले तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने सहमति भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए। आयोग गठनका लागि अघिल्लो … Read more

पार्टीलाई दिएको जग्गाबारे भ्रम नछरौं : महासचिव पोखरेल

कोहलपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गर्नुभएको छ । बिहीबार बाँकेको कोहलपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो आग्रह गर्नुभएको हो । व्यवसायी मीनबहादुर गुरूङबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा सहयोग लिएको विषय सामान्य विषय भएको उहाँको भनाइ छ । … Read more

कांग्रेसको सय दिने अभियान कहिलेबाट सुरु हुन्छ ?

काठमाडौं नेपाली कांग्रेसले ३० असोजसम्म स्थगित गरेको ‘सय दिने विशेष अभियान’ पुनः सुरु गर्ने मिति टुंगो लगाएको छैन । ११ र १२ असोजमा आएको वर्षाले ल्याएको विपत्तिका कारणले कांग्रेसले सय दिने अभियान स्थगन गरेको थियो । १३ असोजमा बसेको कार्यसम्पादन समितिको बैठकले कोजाग्रत पूर्णिमासम्मका लागि अभियान स्थगन गर्ने निर्णय गरेको थियो । ७ असोजमा सुरु … Read more

भ्रष्टाचारीलाई कैदबाहिर बस्न दिनेबारे राज्य व्यवस्था समितिमा छलफल

काठमाडौं भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाहरुले शुल्क बुझाएर कारागार बाहिर बस्न दिने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको छ ।भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका तर निश्चित अवधि भन्दा कम कैद सजाय तोकिएकाहरुलाई कैदबाहिर रहन दिनुपर्ने विषयमा राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिमा छलफल भएको हो । ‘अहिलेसम्म अवधिबारे यकिन भइसकेको छैन, तर … Read more

बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौं प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ ।बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी छन् । बैठकमा शान्ति प्रक्रियालाई टुंगोमा … Read more

तडकभडक नगरी चाडवाड मनाऔँ: महामन्त्री शर्मा

काठमाडौँ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिहार, छठ लगायतका चाडपर्वहरु तडकभडक नगरी मनाउन आग्रह गरेका छन् । उनले दशैँ, तिहार, छठ, नेपाल संवत, उँधौली पर्व लगायतमा तडकभडक, फजुल खर्च बढी हुने गरेको भन्दै शान्त, संयम र आत्मीयताका साथ मनाउन आह्वान गरेका हुन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले दसैँ पर्व शुरु हुनुपूर्वको विपदबाट … Read more

राजतन्त्र फर्किन सम्भव छैनः प्रचण्ड

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राजतन्त्र फर्किन सम्भव नै नभएको बताएका छन् । पूर्वराजाको भुटान भ्रमण आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भएपनि कतैबाट हेर्दा पनि राजतन्त्र फर्किने सम्भावना नरहेको उनको भनाई छ । सम्पादकहरूसँगको अन्तरक्रियामा उनले भने, ‘मलाई कहीँ कतै फेरि राजा आउने चाहिँ लाग्दैन सम्भव छैन । कतैबाट हेर्दा पनि त्यो … Read more