किमाथाङ्का नाका खुलेपछि भोटखोलाका बासिन्दाको दैनिकी सहज बन्दै

चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका खुलेपछि भोटखोलाका बासिन्दाको दैनिकी सहज बन्दै गएको छ । नाका खुलेपछि भोटखोलाका किमाथाङ्का, च्याम्ताङ्ग, चेपुवा, हटियालगायतका स्थानीयलाई राहत भएको छ । त्यस्तै हिमाली क्षेत्रमा उत्पादन हुने जडीबुटी तथा परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा प्रवेश पाउन थालेको छ । गएको जेठ १२ गते उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र … Read more

सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न गृह मन्त्रालयको अनुरोध

गृह मन्त्रालयले सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न अनुरोध गरेको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेर सार्वजनिक यातायातलाई अपाङ्गता तथा अशक्तमैत्री बनाउन सिँढी राख्न सम्बन्ध निकायलाई निर्देशन गर्न अनुरोध गरेको हो । अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई आवागमनमा सहज होस् भन्नका लागि सार्वजनिक बसमा अनिवार्य अपाङ्गतामैत्री र्‍याम्प राख्न अनुरोध … Read more

अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक संसदीय समितिबाट पारित

प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हाे । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयकमाथि पाँच वटा बैठकमा दफावार छलफल भएको हो । विधेयकमा राष्ट्रिय महत्त्वका कागजात नेपालबाहिर लैजान नपाउने, त्यस्ता कागजात … Read more

६० किलो सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ

६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो । कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान … Read more

संवैधानिक परिषद् विधेयक पारित, अब प्रधानमन्त्रीको सहमतिमा मात्र निर्णय हुने संवैधानिक परिषद्सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयक परिमार्जनसहित पारित गरेको हो । परिषद्को बैठकमा कुनै सदस्य उपस्थित हुन नसके उपस्थित हुन नसक्ने कारणसहितको जानकारी बैठक बस्ने समयभन्दा … Read more

माध्यमिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै

माध्यमिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र अनलाइनबाटै पाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले नेपालमा सञ्चालित स्वदेशी वा विदेशी संस्था र बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यमिक तह (कक्षा १० र १२) सरह तथा कक्षा १० भन्दा तल्लो तह र कक्षाको मान्यता तथा समकक्षता पत्र अनलाइनमार्फत उपलब्ध गराउने भएको हो । केन्द्रको मान्यता तथा समकक्षता … Read more

ट्राफिक स्वयम्‌सेवकबारे राज्य व्यवस्था समितिको चासो

ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयम्‌सेवक बनाएर सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ । बिहीबार समिति सभापति रामहरी खतिवडाले मानव अधिकारको हनन हुनेगरी नागरिकलाई सडकमा उभ्याउने गृहमन्त्रीको निर्णय गलत भएको बताएका हुन् । उनले भने, ‘यो कानुनी राज्य हो । जतिखेर जसलाई जे मन लाग्यो त्यही निर्णय … Read more

प्रहरीको उमेरहदबारे अध्ययन गर्न कार्यदल गठन

नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहदबारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ । गृहमन्त्री रवि लामिछानेले मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखाका प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेका हुन् । कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका एक जना डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र … Read more

बुढानिलकण्ठमा शीर्ष नेताहरुसँग देउवाको छलफल

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा विभिन्न दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन्। बुढानिलकण्ठमा भएको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु सहभागी थिए। सो क्रममा मधेश प्रदेश सरकारको विषय लगायत राजनीतिक घटनाक्रम, सहकारी प्रकरणका लागि गठित छानबिन समिति … Read more

गृहमन्त्री लामिछानेविरुद्ध रिटको पेसी आज

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ। गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। लामिछाने पदमा रहेरै सहकारीको ठगीबारे अनुसन्धान गर्दा उनले अनुचित प्रभाव पारेर अनुसन्धान प्रभावित बनाउन सक्ने र निष्पक्ष अनुसन्धान नहुने भन्दै उनलाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाइनुपर्ने रिटमा … Read more