बालेन भन्छन्: नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले महानगरको सभामा जनप्रतिनिधिलाई राजनीतिक गन्ध बोकेर नआउन अनुरोध गरेका छन्। आइतबार समाजिक सञ्जालमार्फत मेयर बालेनले महानगरको सभामा जनप्रतिनिधिलाई राजनीतिक गन्ध बोकेर नआउन अनुरोध गरेका हुन्। उनले ३ जना जनप्रतिनिधिले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकारको हनन भएको उल्लेख गरेका छन्। उनले भनेका छन्: ३ जना नेताले गर्दा ,१६० … Read more

कांग्रेसले प्रचण्डलाई सोध्यो- जवाफ दिन डराएर सदनबाट भाग्नुभएको हो ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले कांग्रेस नेतामाथि लगाएको आरोप सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेको छ । कांग्रेसले भारत भ्रमणको सम्बन्धमा समेत प्रधानमन्त्रीको जवाफ माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्को आगामी बैठकमा प्रधानमन्त्रीको जवाफका लागि रुलिङ गर्न सभामुखसँग … Read more

भूकम्प प्रभावित जिल्लालाई सरकारले दिएन चासो

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले सरकारले गत कात्तिक १७ गते गएको भूकम्प प्रभावित जिल्लाहरूमा पुनर्निर्माणका लागि तदारुकता नदेखाएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको समिति बैकमा समिति सभापति शर्माले पाँच वटा भूकम्प प्रभावित जिल्लाहरूलाई सङ्कटग्रस्त घोषणा गरिएको भए पनि पुनर्निर्माणमा ढिलाइ भएको बताएका हुन् । उनले भने, ‘पाँच वटा भूकम्प … Read more

सरकारलाई सांसदको प्रश्न : ९ बजेको ओपीडीका लागि बिरामीले बिहान ५ बजेदेखि लाइन बस्नुपर्ने कहिलेसम्म ?

सांसद बरालले स्वास्थ्यजस्तो संवेदनशील विषयमा नागरिकमा राज्यविरुद्धको आक्रोस निर्माण हुने अवस्था भएकाले सरकारको गम्भीर बन्नुपर्ने बताइन्। काठमाडौं : नेकपा एमालेकी सचेतक सुनिता बरालले ९ बजेको ओपीडीका लागि बिरामीले सरकारी अस्पतालमा बिहान ५ बजे नै लाइन बस्नुपर्ने कहिलेसम्म भन्दै प्रश्न गरेकी छन्। बिहीबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा उनले सरकारी अस्पतालमा जाँदा लाइन लाग्नुपर्ने बाध्यता अन्त्य गर्न … Read more

बाबुरामलाई रविको सुझाव : तपाईं पढाउनतिर लाग्नुस्

३० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पढाउनतिर लाग्न सुझाव दिएका छन् । रास्वपाले नेता उत्पादन गर्न लिडरसिप एकेडेमी सुरु गर्ने अवधारणा बनाएको भन्दै लामिछानेले त्यसमा पढाउन भट्टराईलाई प्रस्ताव गरेको बताए । बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवशको कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले आफूले गरेको प्रस्ताव … Read more

राष्ट्रपति पौडेल कतारको दोहामा

ठमाडौं, जेठ ३०। राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका छन्। उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेश विक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरेका थिए । राष्ट्रपति पौडेल भोली जेनेभा प्रस्थान गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) … Read more

बागमतीका मेयरविरुद्ध ३० करोडको अर्को मुद्दा

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरुद्ध अर्को मुद्दा दायर भएको छ । उनले ३० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । अख्तियारले थापाले पाँच करोड ३३ लाख … Read more

राष्ट्रपति पौडेल आज जेनेभा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्ने भएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जेनेभा जान लागेका हुन्। यही जेठ ३१ गते सम्मेलन उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको … Read more

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, थप प्रमाण मगाउन आदेश

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्धामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै थप प्रमाण मगाउने आदेश दिएको हो । संयुक्त इजलासले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश दिएको छ । … Read more

जसपा नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि

जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि धनुषाकाे जनकपुरधाममा शुरु हुँदैछ । जनकपुरधामको तिरहुतिया गाछीमा शुरु हुने महाधिवेशनको दिउँसो १ बजे अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताको सहभागिता रहनेछ । पर्सिसम्म चल्ने महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जसपा नेपालले जानएको छ । महाधिवेशनले … Read more