सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरे। सहकारीको महत्व र गरिमालाई कायम … Read more

समाजवादी राष्ट्र निर्माणका लागि प्रधानमन्त्रीको आह्वान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपिल गरेका छन्। प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान गरेका हुन्। उनले नेपाली जनताको सुशासन, सामाजिक न्याय र समृद्विको आकांक्षा पूरा गर्न हामीले सामना गरिरहेका चुनौतीलाई नजिकबाट नियालिरहेको … Read more

लोकतान्त्रिक गणतन्त्र सात दशकको संघर्षबाट प्राप्त महत्वपूर्ण उपलब्धि हो: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएकाे बताएका हुन्। “राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण … Read more

कांग्रेस महासमिति बैठक आजदेखि, १२ सय बढी प्रतिनिधि सहभागी हुँदै

काठमाडौं। आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुँदैछ। गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ। सो महासमिति बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्। आजबाट सुरू हुने महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भातृ तथा शुभेच्छुक … Read more

आयल निगमको कार्यकारी निर्देशकमा भट्ट र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त

काठमाडौं। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। सरकारका प्रवक्ता शर्माले भनिन्,“ सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरुको विद्युत् महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना … Read more

बालकुमारी घटना: छानबिन समितिको प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने जानकारी दिएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री प्रचण्डले आफूले आइतबार छानबिन समितिको प्रतिवेदन बुझ्ने र अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताए। ‘आज मैले प्रतिवेदन बुझ्दै छु,’ … Read more

गठबन्धनका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गयो : शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएको बताएका छन्। आइतबार काठमाडौंमा महासमिति बैठकमा सहभागी हुन आएका सदस्यका निम्ति आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकारमा सहभागी हुँदा रमाइरहेपनि यसका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएकोप्रति गम्भीर हुन नसकेको बताएका हुन्। देशैभर कांग्रेस कार्यकर्तामा गठबन्धनप्रति निराशा छाएको भन्दै … Read more

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः ०० बजे बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन्। संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माननीय सदस्यहरूले सोधेको प्रश्नको … Read more

चिकित्सकीय सेवाभन्दा पनि माथिको सेवा राजनीति हो : सांसद डा तोसिमा कार्की

काठमाडौं। संसदीय अभ्यासको अहिलेसम्मको समीक्षा गर्दा पुरानै शैलीले हामीले काम गर्ने हो भने नयाँ परिणामको अपेक्षा गर्न सकिन्न। त्यही भएर  अहिले हामीले फरक परिणामको अपेक्षासहित फरक ढंगले काम गर्न आवश्यक छ। संविधानमा व्यवस्था भएअनुसार जनतालाई आधारभूत आवश्यकता पूरा भएको अनुभूति दिलाउने र जनमुखी मुद्दा सम्बोधन भएको देख्न चाहन्छौं भने हामीले शैली बदल्नै पर्छ। शैली बदल्नका … Read more

कांग्रेस महासमिति बैठकमा पेस हुने बिभिन्न दस्तावेज पारित

काठमाडौं, फागुन ५ । नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक … Read more