कृष्णबहादुर महरा रुपन्देहीबाट पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले रुपन्देहीमा नियन्त्रणमा लिएको छ । रोल्पा हिँडेका महरालाई प्रहरी नियन्त्रणमा लिएको हो । पक्राउ परेका महरालाई भैरहवाबाट काठमाडौं ल्याउन लागिएको छ । महरालाई सुन तस्करी प्रकरणमा पक्राउ गरिएको हो । सुन तस्करीबारे छानबिन गर्न पूर्व न्यायाधीश डिल्लीराज आचार्यको  संयोजकत्वमा गठित उच्चस्तरीय आयोगले महरालाई सुन तस्करीमा संलग्न भएको आरोपमा … Read more

दीपक मनाङेले पार्टी त्यागेपछि गण्डकीको राजनीति नयाँ मोडमा

कास्की। गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीतिले नयाँ मोड लिएको छ। प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र जितेका मनाङे त्यसपछि एकीकृत समाजवादी प्रवेश गरेका थिए। नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा उनले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका हुन्। मनाङेले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेश सभा सचिवालयमा पत्र … Read more

डढेलो र आगलागी जोखिमप्रति सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वी क्षेत्रमा भएको आगलागीबाट ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गरेका छन्। उनले आगलागीका कारण मोरङ, भोजपुरलगायत जिल्लामा शनिबार धनजनको क्षति भएकामा आफू मर्माहत भएको बताउँदै घटनालगत्तै गए राति नै सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश प्रवाह गर्दै सचेतना अपनाउन आम नागरिकमा अनुरोध गरेका छन्। “भोजपुरलगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट … Read more

तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन रोक्न सुरक्षा अधिकारीलाई गृहमन्त्रीकाे निर्देशन

काठमाडौं:  गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्। बिहीबार साँझ गृह मन्त्रालयबाट ‘भर्चुअल’ रूपमा निर्देशन दिँदै उनले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताए। ‘गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन, गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस … Read more

विश्वासको मत पाएसँगै देश र जनताप्रति थप जिम्मेवारीबोध भएको छः प्रधानमन्त्री

काठमाडाौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत पाएसँगै देश र जनताप्रति थप जिम्मेवारीबोध भएको बताएका छन्। विश्वासको मत प्राप्त गरेपछि बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्ने समेत बताए। यसअघि पनि विश्वासको मत दिएको भन्दै उनले नयाँ राजनीतिक समिकरणसहित … Read more

फरक विचारले पार्टी र परिवारलाई कुनै असर पर्दैनः रञ्जिता श्रेष्ठ

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले फरक–फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर नपर्ने बताएकी छन्। बुधबार संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले पार्टीभित्र फरक फरक विचार हुनु स्वभाविक भएको भन्दै यसले पार्टीलाई कुनै असर नगर्ने बताएकी हुन्। त्यस्तै उनले पार्टीभित्रको बहसले परिवारमा कुनै असर नपर्ने समेत बताइन्। … Read more

गृहमन्त्री लामिछानेले प्रहरीलाई भने–अपराध गर्नेलाई कारबाही गर्न कसैको आदेश कुर्नुपर्दैन

चितवन: गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्ने जो कोहिलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् ।सामाजिक सञ्जालमा लेख्दै लामिछानेले कानुनी राज्य भनेको के हो भनेर देखाइदिन पनि प्रहरीलाई आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘देशभरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल : देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम … Read more

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, माओवादीका दाहाल र कांग्रेसका शर्मा मैदानमा

काठमाडौं। राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुँदैछ। संसद सचिवालयले हिजो सार्बजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बीच प्रतिस्पर्धा हुँदैछ। दाहाल राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाका संयुक्त उम्मेदवार हुन्। सत्ता गठबन्धनबीच फागुन २१ मा भएको आठ … Read more

इलाम २ मा उम्मेदवारी दिने रास्वपाको निर्णय

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ। सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले इलाम २ मा हुन लागेको उपनिर्वाचनमा भाग दिन दल दर्ता गर्ने र पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए। त्यस्तै प्रदेश सभाका लागि बझाङमा हुने … Read more

राष्ट्रियसभा अध्यक्षमा माओवादीबाट चितवनका नारायण दाहाल उम्मेदवार

चितवन: नेकपा माओवादी केन्द्रले चितवनका नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली कांग्रेसले भने … Read more