नारायणी नदीमा बन्ने सिग्नेचर पुलको प्रधानमन्त्री प्रचण्डद्वारा शिलान्यास

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्याश गरेका छन् । सोमबार नारायणी किनारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले पुलको शिलान्यास गरेका हुन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत उक्त पुलले वाग्मती प्रदेश र गण्डकी प्रदेशलाई जोड्नेछ । त्यस्तै सहरका हिसाबले पुलले भरतपुर र गैंडाकोटलाई जोड्नेछ । शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र … Read more

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए राजीनामा

काठमाडौं। उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष समेत रहेका यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन्। “आज विहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु”, उनले भने। उनले … Read more

इलाम-२ मा घण्टीको जमानत जफत, मिलन लिम्बुलाई ५ हजार ५० मत मात्र

काठमाडौं। इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन्। सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन्। त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन्। त्यसैगरी रास्वपा मिलन … Read more

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम। इलाम- २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन्। शनिबार भएको उपनिर्वाचनमा एमालेका सुहाङले २७ हजार ७७२ मत पाए भने कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए। १९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएको … Read more

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं। बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी भएका छन्। यस अघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ । एमालेका भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरेर विजयी भएका छन्। त्यस्तै उनका निकटम प्रतिद्वन्दी कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे। यस निर्वाचनमा माओवादी केन्द्रका जनक … Read more

एमालेका सुहाङलाई ६४३९ मतको अग्रता

काठमाडौं। इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ६ हजार ४ सय ३९ को अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १९ हजार १ सय १४ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६ सय ७५ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह … Read more

इलाम-२ मा एमाले उम्मेदवारको फराकिलाे अग्रता कायमै, बझाङमा कांग्रेस अगाडि

काठमाडौं। इलाम-२ को जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धीलाई २ हजार ६ १६ मतले पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। नेम्वाङले अहिले सम्ममा ८ हजार ८ सय९८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २८२ हजार ८४४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार … Read more

बझाङ-१: कांग्रेस उम्मेदवार सिंहको अग्रता कायम

बझाङ। बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले पहिलो पटक अग्रता लिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्। त्यसैगरी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ … Read more

इलाम मतगणना अपडेट : एमालेका सुहाङ नेम्वाङ २ हजार २८२ मतले अगाडि

काठमाडाैं। इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार अग्रता लिइरहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्। हालसम्म नेम्वाङले ७ हजार ६ सय ७७ मत प्राप्त गरेका छन्। दाेस्राे स्थानमा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का रहेका छन्। उनले ५ हजार ३ सय ९५ मत पााएका छन्। तेस्राे स्थानमा रहेका स्वतन्त्र … Read more

इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

फिक्कल। इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ। उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी छ। हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ५७ प्रतिशत मत खसेको प्रजिअ यादवले जानकारी दिए। अहिले मतपेटिका गणनास्थलमा आउन सुरु … Read more