काठमाडौं नछाड्न सांसदहरूलाई कांग्रेसको निर्देशन

काठमाडौं । कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ। आज बसेको संसदीय दलको बैठकले संसद् र संसदीय समितिको बैठकमा अनिर्वाय उपस्थिति हुनुपर्ने भन्दै उपत्यका नछाड्न भनेको हो। संसदको अधिवेशन चल्दासम्म सदस्यहरूले राजधानी नछाड्ने र राजधानी छाड्नुपर्‍यो भने दलको प्रमुख सचेतक र सचेतकबाट लिखित स्वीकृति लिएरमात्रै छाड्न निर्देशन जारी भएको प्रमुख … Read more

मेलम्ची पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब कार्यक्रम गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ । रास्वपा संसदीय दलको आजको बैठकले यही माघ २१ गते मेलम्ची बजारदेखि दबाबमूलक कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो । सो पार्टीका सचेतक निशा डाँगीले दबाबमुलक कार्यक्रम अनुसार मेलम्ची बजारबाट आयोजनास्थल पुगी घैलामा पानी बोकेर … Read more

प्रधानमन्त्री र ओलीबीच भेटबार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सो भेटबार्ता भएको हो। माघ २२ गते संसदको हिउँदे अधिवेसन सुरू हुनु अघि सो भेट भएको हो। संसद अधिवेसनको बिषयमा दुबै नेताबीच छलफल भएको हो ।

छ वर्षमा पूरा भयो विमानस्थल विस्तारको सपनाः प्रमुख दाहाल

चितवन। बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो। फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ। प्रमुख दाहाल आफ्नो कुर्सीबाटै जुरुक्क उठे हर्षित हुँदै धन्यवाद व्यक्त गरे। काठमाडौँबाट फोनमा हुनुहुन्थ्यो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चितवनमा महानगर प्रमुख दाहाल । सम्वाद बाबुछोरीको थियो । … Read more

कृष्णप्रसाद भट्टराई निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति : उपप्रधानमन्त्री खड्का

काठमाडाैं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् । ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन यो देश, देशको  माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने सन्तनेता भट्टराई सधै प्रेरणाको श्रोत भएको … Read more

बौद्धिक पलायनको भयाबह स्थिति रोक्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन्। राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाइहरुको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् । राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा … Read more

एमाले अध्यक्ष ओलीद्वारा पाँचपोखरी थाङपालको प्रशासकीय भवन उद्घाटन

सिन्धुपाल्चोक। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन्। बुधबार अध्यक्ष ओलीले ११ करोड ९४ लाख लागतमा गाउँपालिकाको वडा नं ६, थाङ्पालधापमा बहुपहिचानसहित निर्माण भएकोे प्रशासकीय भवनको उद्घाटन गरेका हुन्। उनले पाँचपोखरी महादेवको समेत दर्शन गरेका थिए।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन्। नेपाल सरकारको आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन … Read more

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताए। कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए। कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकामा खुसी व्यक्त गर्दै उनले विश्वविद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण … Read more

नेपाली सांसदकाे टाेली भारत भ्रमणमा

काठमाडौं। भारत भ्रमणमा रहेको संघीय संसदीय टोलीलाई स्वागत गरिएको छ। भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणामा हिजो नयाँ दिल्ली पुगेको नेपाली सांसदहरूको टोलीलाई भारतीय संसदको चिफ अफ प्रोटोकलले स्वागत गरेको हो। ३० जनवरीदेखि ६ फ्रेबुअरीसम्म भारतमा रहने नेपाली सांसदहरूको टोलीका लागि नेपाली राजदूतावासले संसदीय टोलीलाई भारतीय पक्षसंग कुराकानी गर्नको लागि बिभिन्न सुझावहरू दिएको छ। जसअनुसार नेपालीलाई … Read more