आजदेखि तानसेन-बुटवल सडक खण्ड रातिको समयमा बन्द हुने

काठमाडौं,-  सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको हिउँदे खोला नजिक सडक भासिएपछि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । पानी पर्नासाथ सडक भासिन थालेपछि बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म दैनिक ११ घण्टा सवारी आवागमनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यलयले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सवारी संचालनमा रोक लगाएको प्रमुख … Read more

बागमतीका मुख्यमन्त्री लामाले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं I  बागमतीमा नव नियुक्त मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन्। नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताएका छन्। को … Read more

बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, लामा मुख्यमन्त्री बन्दै

हेटौंडा| बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दावी पेश गर्दैछन्। सोमबार नै दावी पेश गर्ने योजना भए पनि मन्त्रालयको भागबण्डा र नेकपा एमाले भित्रको आन्तरिक समस्याका कारण यो कार्यक्रम स्थगित भएको थियो। नयाँ सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने भएका छन्। यस सहमतिपछि आज बिहान … Read more

नारायणी नदीमा आएको बाढीले देवघाटमा नाघ्यो चेतावनी तह

चितवन । नारायणी नदीमा आएको बाढीले देवघाटमा चेतावनी तह नाघेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलसतह मापन केन्द्रमा नारायणीले चेतावनीको तह नाघेको हो । यहाँ जलसतह ७.३४ मिटर पुगेको छ । ७.३ मिटरदेखि ९ मिटरसम्मको जलसतहलाई चेतावनीको तह मानिन्छ । ९ मिटर भन्दा माथि पुगे खतराको तह मानिन्छ ।  नारायणी नदीको … Read more

रङ्गशालाको स्तरोन्नतिका लागि एक करोड बजेट

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन–२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट–२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न रु चार करोड ३४ लाख विनियोजन गरिएको बताएका छन्  । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री श्रेष्ठले बृहत् अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि राष्ट्रियस्तरमा १० खेलका करिब दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण … Read more

सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन् । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार नेकपा एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (माओवादी केन्द्र)की लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएका हुन् । उनीहरु गत जेठ … Read more

आजको मौसमः यी तीन प्रदेशमा वर्षा हुने,पश्चिम तराईमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने

काठमाडौं,जेठ ३२- देशका केही भू–भागमा आज पानी पर्दा केही स्थानमा उच्च गर्मी हुनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहँदा मध्य र पश्चिमी तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, प्रदेशमा साधारणतया बदली रहेको छ । मधेस र वाग्मती प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया … Read more

जातिय विभेद अझैं उस्तै छ – राष्ट्रिय सभा सदस्य सुनार

जातिय विभेद अझैं पनि व्यवहारमा उस्तै रहेको राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले बताएका छन् । जातीयताका आधारमा गरिने विभेदलाई नेपालको संविधानले नै दण्डनीय मानेको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति चितवनको आयोजनामा संघको केन्द्रीय पाँचौ स्थापना दिवसको अवसरमा स्थानीय सरकारमा दलित महिलाको उपस्थिति र यसको प्रभावकारिता विषयक अन्तरसंवाद कार्यक्रममा राष्ट्रिय सभा … Read more

एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोख्रेल निर्वाचित

नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोख्रेल निर्वाचित भएका छन् । १२ औं जिल्ला अधिवेशअन्तर्गत सोमबार दिउसो सम्पन्न मतगणनाअनसार पोख्रेल ३१३ मत ल्याएर विजयी बनेका हुन् । उनको प्रतिद्वन्द्वीमा ईन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमाल थिए । इन्द्रमानले २६२ मत, थापाले १६६ मत र रिमालले ११ मत पाए । पोख्रेल एमालेबाट विभाजन भएको नेकपा (एकीकृत … Read more

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज योजना

सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । अर्थमन्त्रीले एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीनवटा कोणमा राखी … Read more