झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए

काठमाडौँ, असोज १४- पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिनुभयो । उहाँले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । … Read more

अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । गत असोज ४ गते ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका थिए । ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा प्रधानमन्त्री … Read more

बाढी, पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

काठमाडाैं। बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ। गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडाैं उपत्यकामा ६८, बागम्ती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ। त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन्। सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ … Read more

चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया,७ दिनको शिशुदेखि ७८ वर्षिय बृद्धासम्मको उपचार

चितवन, असोज १३- चितवन मेडिकल कलेजले दश हजारभन्दा बढी मुटु रोगका बिरामीको शल्यक्रिया गरेको छ । स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ जनाको मुटुमा जाली हालिएको छ । त्यस्तै ७१८ जनाको … Read more

विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न अध्यक्ष दाहालको आह्वान

काठमाडौँ, असोज १३- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न आह्वान गर्नुभएको छ । अध्यक्ष दाहालले आज प्रेस वक्तव्य जारी गर्दै अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी, घाइतेको उपचार र घरबारविहीन भएकालाई सुरक्षित गर्दै पुनःस्थापनाको काम … Read more

प्रमुख राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात प्रभावित

काठमाडौँ पहिरोले राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात सेवा एवं जनजीवन प्रभावित बनेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौँको नयाँ बसपार्क र अन्य क्षेत्रबाट सञ्चालन हुँदै आएको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन हुन नसकेको बताउनुभयोे । उहाँका अनुसार आज काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खुबाट सञ्चालन हुँदै आएका … Read more

अविरल वर्षाः ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौँ अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता … Read more

भारी वर्षाका कारण काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु

काठमाडौँ — शुक्रबार बिहानदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको छ ।काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडाैं प्रहरीका एसएसपी बसन्त रजाैरेले अरु केही हराईरहेकाे र खाेजी कार्य जारी रहेकाे बताए । भक्तपुरमा तीन जनाको मृत्यु भएको एसपी … Read more

काठमाडौँ उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्दार गरियो- गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखक निरन्तरको बर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् । शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै गृहमन्त्री लेखकले बर्षा, बाढी, पहिरो र डुबानबाट काठमाण्डौ उपत्यकामा मात्रै … Read more

भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता

भक्तपुर । भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर जिल्लामा पाँच जना बेपत्ता भएको जानकारी दिएको हो । जसमा ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् । वेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ … Read more