निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित

जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ । निजामती सेवा दिवस २०८२ का आवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उहाँलाई प्रमाणपत्रसहित सो पुरस्कार अर्पण गर्नुभएको हो । सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, … Read more

अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्दै गण्डकी प्रदेश

गण्डकी प्रदेशसभाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने विशेष ऐन पारित गरेसँगै सम्बन्धित व्यक्ति र सरोकारवालाई उत्साहित बनाएको छ । यससँगै दया वा सहानुभूतिमा सीमित भएर हेर्ने पुरानो दृष्टिकोणलाई तोड्दै समान अवसर, आत्मसम्मान र सशक्तीकरणको नयाँ युग सुरु भएको सरोकारवालाको विश्वास छ । पोखराको शहिदचोकमा यही भदौ ३ गतेको साँझको माहौल अलि फरक थियो । … Read more

कोशी प्रदेश : कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख सहायता वितरण

कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई रु आठ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/ ८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् । क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन … Read more

कोशी प्रदेश आमसञ्चार विधेयकसम्बन्धी प्रतिवेदन पेस

कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस भएको छ । न्याय, प्रशासन तथा विधायन समितिको सभापति कमला दर्नालले समितिको प्रतिवेदन सदनमा पेस गर्नुभएको हो । विशेष समय र शून्य समयमा विविध विषयमा ध्यानाकर्षण विशेष समय राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सन्दकपुरमा पर्यटक भित्र््याउन … Read more

‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उहाँले प्रदेश स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूले देखाएको मार्गदर्शनलाई अपनाउँदै जनताको हित र अधिकार रक्षा हुनेगरी काम गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । मुलुक सङ्घीयतामा गएसँगै … Read more

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण

कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण सुरू भएको सुक्खा बन्दरगाह निर्माणस्थलको नेकपा ९एमाले० का महासचिव शङ्कर पोखरेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरीक्षण गर्नुभएको छ । पश्चिम नेपालको व्यापारको लागि महत्वपूर्ण मानिएको सुक्खा बन्दरगाहको आज निरीक्षण गरिएको हो । भारतीय लगानीमा निर्माण हुन लागेको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको जिम्मा पाएको सिओएमटी कन्स्ट्रक्सन प्रालिले ‘साइट … Read more

स्थानीय शासन कार्यसम्पादनमा बागलुङ नगरपालिका अब्बल

बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा अब्बल बनेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा नगरपालिका उत्कृष्ठ बनेको हो । यसअघि स्थानीय तहको समग्र पक्षको मूल्याङ्कन प्रणाली (लिजा), स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली … Read more

१० महिने छोरीसहित आमा सामुदायिक वनमा मृत फेला

कैलालीमा १० महिनाकी छोरीसहित एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका-७ निवासी २१ वर्षीया आरती डंगौरा र उनकी १० महिने छोरी अनुजा टगौरा मृत अवस्थामा भेटिएका हुन् । साउन २९ गतेदेखि बेपत्ता भएकी आमा-छोरी आज नजिकैको गौरीशंकर सामुदायिक वनमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीको प्रारम्भिक … Read more

बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पत्रकारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गर्ने भएको छ । आज भक्तपुरमा सञ्चारकर्मीलाई यसबारे जानकारी दिँदै प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका सबै पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमामा समेट्ने गरी बिमा कार्यक्रम लागू गरिने उल्लेख गर्नुभयो । मन्त्री थापाले भन्नुभयो, “पत्रकारहरूको स्वास्थ्यप्रति हामी गम्भीर भएका काम गरिरहेका छौँ, त्यसैले प्रदेशका … Read more

अर्घा दरबारमा ऐतिहासिक लाखे नाच

अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल अर्घा दरबार तथा अर्घाभगवती मन्दिरमा ऐतिहासिक लाखे नाच सम्पन्न भएको छ । श्रीकृष्णजन्माष्टमीका अवसरमा लिच्छिवीकालदेखि नै अर्घा दरबार तथा अर्घा भगवती मन्दिरमा पञ्चेबाजाको तालमा लाखे नाच प्रदर्शन गर्ने परम्परा छ । श्रीकृष्णजन्माष्टमीको दिन प्रहर, प्रहरमा भगवान् श्रीकृष्णको पूजाआजा र कालभैरवको पूजागरी कालभैरवको अगाडि लाखे नाच नाच्ने परम्परा रहेको अर्घा मन्दिर … Read more