रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, आज रथयात्राको तयारी
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजाआराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले कतिपय भक्तजनले भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको पूजाआराधना गर्दछन् । यस … Read more