धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

यहाँको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध छाब्दीबाराही मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । यहाँ वार्षिक छ(सात लाख भक्तजन आउने गरेका छाब्दीबाराही विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । सदरमुकाम दमौलीबाट सात किलोमिटर पक्की सडक यात्रा गरेपछि मन्दिर पुगिन्छ … Read more

माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत संस्कृतिलाई जोगाउन स्थानीयलाई अनुरोध गरेको छ । गाउँसभाबाटै खानीखोलाका बासिन्दाले दिपावलीका अवसरमा एकरुपता आउने प्रकारका रङका माटोले लिपपोत गर्ने निर्णयसमेत भएको थियो । परम्परागत संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले गत असारमा सम्पन्न गाउँसभाले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । उहाँद्वारा जारी सार्वजनिक अपिलमा आधुनिकतासँगै … Read more

सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पक्षी

जिल्लाको बर्दिबास नगरपालिका-३ स्थित कालीदमार र रातु महिला सामुदायिक वन संरक्षण गर्न थालेपछि वन्यजन्तु र पक्षीको सङ्ख्या बढेको छ । बर्दिबास-३ को चुरेकाछको बस्ती कालापानीका २१० परिवार उपभोक्ता रहेका यी दुवै वनक्षेत्रमा चरीचरण र सिकारपूर्ण रूपले बन्द गरिएपछि वन्यजन्तु र पक्षीको सङ्ख्या बढेको हो । करिब तीन सय ५९ हेक्टरको कालीदमार र तीन सय ५० … Read more

दसैँ सुरुभएसँगै गाउँ वस्तिमा चहलपहल बाक्लियो

रोजगारीका शिलशिलामा अन्यत्र रहेका हुम्लाबासी धमाधम गाउँ फर्किन थालेका छन् । दसैँ सुरु भएसँगै यहाँका गाउँघरमा नागरिकको चहपहल बाक्लिएको छ । दसैँ, तिहार मनाउनका लागि हवाई र पैदल यात्राबाट हुम्ली दैनिक भित्रिन थालेपछि बर्खाका समयमा खाली हुँदै गएका गाउँबस्ती यती बेला भने भरिन थालेका छन् । रोजगारीको शिलशिलामा जिल्ला बाहिर रहेका मात्रै नभएर अध्ययनका लागि … Read more

दसैँसम्म मितेरी पुल निर्माण हुने

नेपाल–चीन सीमा क्षेत्रस्थित ल्हेन्दे खोलामाथि निर्माणाधीन ‘बेलिब्रिज’ यही दसैँअघि सम्पन्न हुनेभएको छ । रसुवागढीस्थित सीमा सुरक्षाकर्मीका अनुसार नेपाल र चीनलाई जोड्ने सो बेलिब्रिज निर्माणलाई चिनियाँ पक्षले प्राथमिकता दिई छिटोछरितो ढङ्गबाट काम गरिरहेकाले यही दसैँअघि नै पुल तयार हुने भएको छ । आफ्नो तर्फको भागमा पुल निर्माणसम्बन्धी काम पूरा गरिसकेको चिनियाँ पक्षले नेपालतर्पmको भागमा समेत पिलर … Read more

निजामती सेवा दिवसका अवसरमा वृक्षरोपण

निजामती सेवा दिवस–२०८२ का अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वृक्षरोपण तथा सरसफाइ गरिएको छ । मन्त्रालयले आज बिहान आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । निजामती सेवा दिवसको पूर्वसन्ध्यामा आज आयोजित उक्त कार्यक्रममा ऊर्जामन्त्री खड्काले सुशासन कायम गरी छिटोछरितो रुपमा आमनागरिकलाई सेवा प्रदान गर्न कर्मचारी … Read more

मैजुबहालको ढुङ्गेधारालाई धार्मिक सहिष्णुताको अनुपम नमूना बनाइँदै

मैजुबहाल ढुङ्गेधारास्थित बगलामुखी मन्दिर क्षेत्रलाई धार्मिक सहिष्णुताको अनुपम नमूनाका रूपमा विकास र विस्तार गर्ने अभियान सुरु गरिएको छ । त्यहाँको जग्गा तथा पानीको स्रोत संरक्षण गरी ज्येष्ठ नागरिक चौतारो बनाउने सिलसिलामा स्थानीय सामाजिक एवं धर्मपरायण समुदायको सतप्रयासमा बङ्गलामुखीसहित विभिन्न देवीदेवताका मन्दिर निर्माण गरिएको छ । स्थानीय समाजसेवी टेकनाथ आचार्यको पहलमा केही वर्षअघि त्यहाँ तीन आना … Read more

वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि ईन्द्रजात्राको लिङ्गो उठाइएको अर्थात् इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार आज बिहान १०ः३१ बजे कालभैरवको मूर्तिअघि इन्द्रध्वजोत्थान गरिएको गुठी संस्थान काठमाडौँ शाखा कार्यालयका प्रमुख लक्षुणा शर्माले राससलाई जानकारी दिनुभयो । यसअघि भदौ १५ गते ईन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको थियो … Read more

भक्तपुरमा इन्द्रजात्रा सुरु

परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात खोज्ने क्रममा इन्द्रपुत्र जयन्तलाई … Read more

फोहर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

हरेका सहरमा चुनौती बनेको फोहर व्यवस्थापन पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीचको सहकार्य तथा धनगढीको अभ्यासलाई अनुकरणीय मानिएको छ । धनगढीले एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । फोहर व्यवस्थापनका सम्बन्धमा दुवै स्थानीय तहबीच मङ्गलबार धनगढीमा भएको परियोजनाको प्रस्तुतीकरणको अनुभव साटासाटका क्रममा सहभागी वक्ताले फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्नुपर्नेमा जोड … Read more