पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं। पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको आज दिउँसो १ः३० बजे निधन भएको ढुंगानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिए। वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए। विसं २०४८ सालमा काठमाडौं क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित … Read more

देउवा दम्पती उग्रतारा मेलामा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवा यहाँ देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी भएका छन्। शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सम्पन्न भएको हो। उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले त्यहाँस्थित वेद विद्याश्रमका निम्ति भौतिक पूर्वाधार निर्माणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको … Read more

पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो: महामन्त्री थापा

चौतारा। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन्। जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्यालय बिपी अध्ययन केन्द्र भवनको उद्घाटन तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र सिन्धुपाल्चोकका पूर्वसभापतिद्वय स्व रोहिणीराज सिग्देल र स्व विकास लामाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त धारणा राखेका हुन्। थापाले सबै नेता … Read more

जाडो छल्न आगन्तुक चरा चितवनमा

चितवन । जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन् । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन् । … Read more

डिजल र मट्टीतेलको मुल्य बढ्यो

काठमाडौं। नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मूल्य बढाएको छ। निगमको शुक्रबार  बसेको सञ्चालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो। निगमले बढेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ। नयाँ मूल्य अनुसार अब काठमाडौंमा डिजल तथा मट्टीतेलको प्रतिलिटर १५३ रुपैयाँ पर्ने भएको छ। निगमले भारतको इण्डियन आयल कर्पोरेसनबाट … Read more

कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी

बाकु। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले प्रभावकारी सहभागिताका लागि विभिन्न सात विषयगत समूहमा जिम्मेवारी बाँडबाँट गरी विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेको छ। सम्मेलन यही कात्तिक २६ गतेदेखि अजरबैजानको बाकुमा जारी छ। वन तथा वातावरण मन्त्रालयले कोप–२९ मा प्रभावकारी सहभागिताका लागि सम्मेलनसँग सम्बन्धित सात विषयमा सहसचिव र उपसचिवहरूको नेतृत्वमा … Read more

झापाबाट १८ जना जुवाडे पक्राउ

झापा– झापाको शिवसताक्षी नगरपालिका-११ नहर चोक बस्ने ६२ वर्षीय चन्द्रमणी रिमालको घरमा जुवातास खेलिरहेको अवस्थामा रिमालसमेत १८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ४ लाख ५४ हजार ५ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस … Read more

धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप

इनरुवा, कात्तिक १४ गते ।  सुनसरीमा पाक्न लागेको धानबाली ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखापरेपछि किसान चिन्तित बनेका छन् । दसैँ अगाडिको वर्षा र बाढी तिहारको मुखमा भित्र्याउने तयारीमा जुट्नुपर्ने किसानले धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोपको सामना गर्न बाध्य हुनुपरेको छ । इनरुवा नगरपालिका–९ बबियाको विघौविघा खेतमा पाक्नै लागेको धानमा बाला काट्ने, … Read more

काठमाडौँका ४६ स्थानबाट फूल बिक्री गरिँदै

काठमाडौँ, कात्तिक १३ गते । काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै महानगरपालिकाले स्वदेशी उत्पादनका फूल बिक्रीलाई व्यवस्थित गर्न उपयुक्त स्थानको प्रबन्ध मिलाएको जानकारी दिनुभएको हो । प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक … Read more

सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँ र्निधारण

काठमाडौँ – नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकै आइपुगेको छ । भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फुल प्रर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ । चितवनमा यस वर्ष ४० विघा क्षेत्रफलमा करिब ३ लाख गोटा सयपत्री माला हुने फुल खेती भएको तथ्याङक एशोसियसनले सार्वजनिक गरेको छ । त्यसै गरी अहिलेको उत्पादनले विदेशबाट आयत … Read more