सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासोः मेयर बालेनले वास्तै गरेनन्

काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन्। सोमबार बिहान काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरुले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन्। उनीहरुले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरु केही पनि सहयोग कसैबाट नभएको गुनासो गरे। काठमाडौं महानगरपालिकाले गरिवलाई … Read more

देशका यी नदीहरुको जल सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीहरुको बहाव बढ्ने हुनाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाले मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गर्दै आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने भएकाले नदीहरुको जल सतह बढ्न सक्ने जानकारी दिएको … Read more

बजेट अभावमा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम रोकियो

काभ्रेपलाञ्चोक परम्परागत रूपमा स्थानीय समुदायले खेती गर्दै आएको परम्परागत (रैथाने) बाली प्रवर्द्धन–संरक्षण अभियान बजेट अभावका कारण रोकिएको छ । उक्त कार्यक्रमलाई तीव्रता दिइएको काभ्रेमा बजेट अभावमा दुई वर्षदेखि रोकिएको हो । आर्थिक वर्ष २०७८/ ७९ सम्म बागमती प्रदेश सरकारले उक्त कार्यक्रमलाई बजेट विनियोजन गर्दा जिल्लास्थित कृषि कार्यालयमार्फत रैथाने बाली प्रवर्द्धन एवं संरक्षण प्राथमिकताका साथ गर्दै … Read more

प्रेमिका खर्चालु हुँदा कानुनका विद्यार्थी बने चोर

काठमाडौँ कानुन विषयमा उच्च शिक्षा हासिल गरिरहेका एक युवक चोरीको आरोपमा पक्राउ परेका छन् । भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा शृङ्खलाबद्ध चोरीमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको हो । अब्दुल अलीम नाम गरेका ती युवक कानुन विषय लिएर अध्ययन गर्दै आएका थिए । प्रहरीलाई हलीमले दिएको जानकारी अनुसार उनकी प्रेमिका खर्चालु थिइन् । प्रेमिकाकै … Read more

कोशी ब्यारेजबाट खसेको बसमा सवार सबै यात्रुको सकुशल उद्दार

विराटनगर। कोशी ब्यारेजबाट सप्तकोशीमा खसेको बसमा रहेका सबै यात्रुको सकुशल उद्दार गरिएको छ। विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर सप्तकोशीको ३५ नम्बर ढोकाबाट पानीमा खसेको थियो। नर्सिङ डिलक्सको बसमा सवार १७ जना यात्रुको सकुशल गरिएको प्रहरीले जनाएको छ। बसमा ६ जना महिला, ६ जना पुरुष, २ … Read more

विद्यार्थीहरुको भविष्य धरापमा पारेको भन्दै त्रिवि रजिष्ट्रार कार्यालयमा धर्ना

काठमाडौं, असोज १- जिष्ट्रार कार्यालय परिसरमा विद्यार्थीहरुले धर्ना दिएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा एक वर्षको बीचमा दुई वर्षको परीक्षामा सामेल गराएको तर ट्रान्सकृप्ट नदिएको भन्दै केही विद्यार्थीहरुले कार्यालयमा धर्ना दिएका हुन् । त्रिचन्द्र र इटहरी मल्टिपल क्याम्पसका विज्ञान संकायको स्नातक तहका विद्यार्थीहरु धर्नामा बसेका छन् । यो धर्नालाई आफूहरुले पनि साथ दिएको … Read more

बैंगलुरूमा नेपालीको हत्या : मुख्य आरोपी डायरीमा अपराध स्वीकारेर झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं । भारतको बेङ्गलुरुमा नेपाली युवती महालक्ष्मीको हत्याकाण्डका मुख्य अभियुक्तले बुधबार दिउँसो ओडिशाको भद्रक जिल्लाको एउटा गाउँमा झुण्डिएर आत्महत्या गरेका छन् । उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनको मोटरसाइकल पनि त्यहीँ पार्किङ गरिएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेको नाम मुक्ति रञ्जन राई हो । उनको साथबाट एउटा … Read more

नेपाल र सर्बियाबीच भिसा छुटसम्बन्धी एमओयूमा हस्ताक्षर

काठमाडौं। नेपाल र सर्बियाबीच कूटनीतिक र आधिकारिक राहदानी धारकहरूका लागि भिसा छुटसम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा र सर्बियाका विदेशमन्त्री मार्को जुरिकबीच एमओयूमा हस्ताक्षर भएको हो । हस्ताक्षरपछि परराष्ट्रमन्त्री राणाले दुवै देशबीच निरन्तर संलग्नताको सहकार्यको अपेक्षा राख्दै एमओयूका लागि सर्बियालाई धन्यवाद दिएकी छन्।

कृषि क्याम्पस रामपुरमा आफ्ना कार्यकर्ता कुटिएको बिरोधमा नेबिसंघ चितवनले जलायो प्रधानमन्त्रीकने पुत्ला

चितवन: कृषि क्याम्पस रामपुरमा एमाले सम्वद्ध अखिलबाट आफ्ना कार्यकर्ता कुटिएको बिरोधमा नेबिसंघ चितवनले आइतबार साँझ चितवनमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । कांग्रेस संवद्ध नेबिसंघका बिद्यार्थीहरुले नारायणगढको लायन्सचोकमा प्रधानमन्त्री केपि ओलीको पुत्ला दहन गरेका हुन । सोहि क्रममा उनिहरुले रामपुर क्याम्पसका उपकुलपति पुण्य प्रसाद रेग्मी र रजिष्टार शारदा थपलीयाको पनि पुत्ला दहन गरेका छन । … Read more

घरजग्गा वर्गीकरण प्रकरण : व्यवसायीको चर्को दबाब पछि हच्कियो महानगर

चितवन । गत भाद्र १२ गते भरतपुर महानगरपालिकाको भु उपयोग कार्यान्वयन समिति र भुउपयोग परिषदको निर्णयको विरोधमा चितवनका घरजग्गा व्यवसायीले भरतपुरका विभिन्न वडाहरुमा ज्ञापन पत्र बुझाए पश्चात भरतपुर महानगरपालिकामा पनि ज्ञापन पत्र बुझाएका छन । जग्गा व्यवसायी तथा लेखापढी कानुन व्यवसायी संघका प्रतिनिधि सहितको टोलीले आज शुक्रबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन … Read more